Posted by: amricane January 31, 2012
अमेरिका मलाई मेरो ५ बर्ष फिर्ता दे
Login in to Rate this Post:     8       ?         Liked by

आन्दोलन नै आन्दोलन बिच म नि एउता आन्दोलन को घोषणा गर्छु,
मेरो ५ बर्ष कर्लप्प खाने अमेरिका बिरुद्ध म नि अब आन्दोलन गर्छु ।

मिठो सपना देखाएर ,
भएको एउता बाटो लाई मोडेर ,
मलाई यहाँ ल्याएर अल्पत्र  पार्ने तिमी अमेरिका ,
तिम्रो नाम मा आज म आन्दोलन गर्छु ,
शब्द मै भये पनि तिम्रो म बिरोध गर्छु ,
अमेरिका मलाई मेरो ५ बर्ष फिर्ता दे !
म आफ्नै देस फर्किन्छु । 

 
न मलाई उता को हुन दिएउ ,
न त आफ्नो नै बनाएउ ,
म त लाहुरे भको छु, उता को ले यता को भन्चन ,
यता को ले त मलाई अलिअन भन्चन ,
अनी म न यता को न उता को ,
आज म घर को न घाट को ,
तेइ भएर आज म तिमी सँग मेरो अस्थित्व खोज्छु ,
अमेरिका म तिम्रो नाम मा आज नारा लाउछु,
मलाई मेरो ५ बर्ष फिर्ता दे । 


मलाई मिठो सपना को संसार धेखाएर ,
यता को तितो सत्यता मा डुबाउने अमेरिका ,
मलाई ठुला ठुला महल को फोटो धेखाएर ,
झुपदी मा बास गराउने अमेरिका ,
अनी मलाई धेरै थोक दिन्छु अैज भनेर ,
म सँग भको सब खोस्ने अमेरिका ,
मलाई मेरो सब फिर्ता दे ,
त्यो उमेर त्यो जोस त्यो जगर सब फिर्ता गर !
नत्र म तेरो बिरुद्ध राके जुलुस निकल्छु ,
तेरो पुत्ला वाल स्त्रीट मा लगेर जलाउछु ।


अमेरिका मेरो ति ५ बर्ष काम को मुल्याङ्कन खै ,
मैले तिम्रो भुमिमा पोखेको पसिन को मुल्य खै ,
अनी मैले ज्ञान हासिल गरेका ति अर्थ हिन काम का अर्थ खै,
अमेरिका आज म तिम्रो नाम म टाएर बाल्छु !
सेतो घर को बाहेर गएर भोक हद्ताल गर्छु !
मलाई मेरो पसिन को मुल्य दे अमेरिका ,
नत्र म तिम्लाई अन्त-राष्ट्रिय अदालत मा सु गर्छु । 
 

Read Full Discussion Thread for this article