Posted by: Rahuldai January 17, 2012
यस्तो पनि आमा ...........
Login in to Rate this Post:     6       ?         Liked by

यो कथा  २००७ -८ साल तिरको तरुनी को हो   । तत्कालिन सन्कुचित र पुरातन समाज मा यस्ता घट्ना र पात्रहरु थिए जुन आधुनिक समाजमा पनि अपाच्य र दुर्लभ हुन्छन ।

काम बिशेषले नयाँ सडकको वडा कार्यालयमा गएको थिए। २०४९ को प्रजातन्त्र पुनर्स्थापना पश्चातको पहिलो स्थानिय निर्वाचन पछी चुनाव जितेर आउनु भाका वडा अध्यक्ष महोदय चिनजानको भाकोले बधाई पनि दिउं र आफ्नो ब्यक्तिगत काम मा सल्लाह मागुं भनेर छिरेको थिए। वडा कार्यालय भरी भराउ थियो । एक जना अर्को वडाअध्यक्षज्यू पनि हुनु हुन्थ्यो । २०१९ साल देखीको आजीवन वडाअध्यक्ष । सामान्य कुराकानी के सुरु के भाको थ्यो , एक जना वरिष्ठ् नागरिक बजै आउनु भयो ।

"नमस्कार बाबु , धेरै धेरै बधाई छ । चुनाव मज्जा ले जित्नु भाको मा । मलाई त बाबुले न जित्ला भन्ने कत्रो पीर परेको। जितेको खबर पछी मात्र भात खाएं "

बजै को बधाई सन्देशमा चिप्लो घसाइको मात्रा ज्यादा थियो ।

"नमस्कार आमै, धन्यवाद । तपाईंहरुकै भोट् पाएर जितें । तपाईं को सेवा गर्ने मौका दिनु होस् ।"

अध्यक्षज्यू ले शिष्टाचार राम्रै सँग निभाउनु भयो ।

स्याउ र सुन्तलाको मिश्रित पोका दिदै "ल मेरो तर्फ बाट सगुण हो बाबु, अझ माथि गएस ।"
आशिर्बादको हात बढाइन्।

चिया एक सरो अर्डर भो ।

"आमै को केही काम छ कि ?"
वडा अध्यक्षज्यू ले जेष्ठ नागरिकको नालेबेली बुझेर हो वा किन हो कुन्नी बजैलाई छिटो पन्छाउने मनशाय देखाउनु भयो ।

"सानो काम थियो बाबु । त्यो मेरो छोरो छ नि , दिनेश क्या । हो दिनेश घर छोडेर बेपत्ता भाको नि ५-७ बर्ष भैसक्यो । कुनै अत्तोपत्तो छैन । त्यसको मृत्‍यु दर्ता प्रमाण पत्र बनाइ दिनु पर्‍यो ।"

वडा अध्यक्षज्यू सशंकित । हामी पनि आश्चर्यचकित ।

"हैन दिनेश त घर छोडेर पो गाको हो, मृत्‍यु भाको हैन नि । फेरी साथमा श्रीमती र छोरो पनि सँगै गाको हो । जिउदो मान्छेको मृत्‍यु प्रमाण पत्र बनाउन मिल्दैन आमा, के भन्नु भाको यस्तो । "

वडा अध्यक्षले इन्कारी मनशाय देखाइ हाल्नु भयो ।

"किन मिल्दैन , कसरी मिल्दैन ?? "

अघिको चिप्लो बोलिमा खस्रो मिस्सिन थाल्यो ।

"त्यो मरेकै हो मेरो लागि । त्यसको अल्छिनी रंडी स्वास्नि  त उहिलेइ मरेर किरा परेको।"
"खुरुक्क म्रुत्यु प्रमाण पत्र बनाइ देउ ।"

अब भने बजै को रणचण्डी रुप देखियो । कार्यालय भरिका सबैजनामा तनावको रेखा देखिन थालयो । अनिष्ठको संकेत ।

"मिल्दैन आमा, मरेको प्रमाण नभै मृत्‍यु दर्ता गर्न कानूनले दिदैन र जानाजानी जिउदो मान्छेलाई मरेको घोषणा गर्न म सक्दिन । अहिले जानुस् ।"

"ल कसरी दर्ता गर्दैनस म पनि हेर्छु ।"
तपाईं र बाबुबाट झरेर "तं" मा बजै को बोली फेरी सकेकोथियो ।

"यो देशमा जे पनि हुन्छ । तैले कसरी चुनाव जितेको मलाई थाहा छ । असत्ती, पाखण्डी । मरेको मान्छेको नामको भोट् हाल्न लगाएर जितेको हो। वडाबासिले तं जस्तालाई जुठो भात पनि दिदैन।  तेरो साखा सन्तान चोर् डाँका हो । "

अब भने बजैले सामाजिक मर्यादा नाघ्न थालिन् ।

"बनाउने कि न बनाउने ?? " चोली को बाहुला माथि सारी अध्यक्षको कुर्सि नजिकै पुगी धमकाइन.

"अझै भन्छु , जिउदो मान्छेलाई मरेको भन्न सक्दिन , प्रमाण पत्र बनाउन मिल्दैन , खुरुक्क घर जानुस् । "

"तं लाई राम्रो सँग चिन्छु डाँका, तेरो साखा सन्तान लाई हैजाले लगोस, असत्ती डाँका ।"
 बनाउन मिल्दैन हैन ? लौ यो हेर भन्दै फरिया आधा उचाली सकेकी थिइन , सँगइ बसेकी वडाको पियन आशा मायाले हत्तपत्त स्थितिलाई नियन्त्रण मा लिइ बाहिर लगिन।

क्रमश : 
 

Read Full Discussion Thread for this article