Posted by: magorkhe1 January 14, 2012
बिदेशमा गर्ने ढु:ख नेपालमा गरौ ।
Login in to Rate this Post:     1       ?         Liked by
कुरा अतिनै उत्तम गर्नु भयो । सबै नेपाली लाई धान्ने काम छ त नेपालमा ? के आफ्नो इच्छा र सिप अनुसारको काम छ ? विश्व सागुरिदै गएको छ अनी स्रम पनि । बिदेस गएर काम नगरिदिने भए नेपाल को अर्थ तन्त्र कसरी चल्छ ?
राजनीतिग्य र कर्मचारी करोड पती र अरब पती भएका छन , राता रात धनी हुनु परेको छ , खुशी मान्नुस् ति बिदेस गएर १५-१६ घन्ट्टा बजाएर घरजाम गर्ने हरु को मन्साया राता रात धनी हुने मानसिकता छैन त्यो नै ठुलो कुरो भएन र ?

हाम्रो धर्म ठेकेदार हरुले काम अनुसार बर्ण बिभाजन गरे अनी बर्ण अनुसार जात जो ठुलो र सानो भयो । त्यो ठुलो र सानो को मानसिकता हाम्रो मस्तिस्कमा मस्तिस्कको अभिन्न अङ सरह जड भएर बसेको छ । भुत्रो को काम गर्नु नेपालमा - कस्लाई सानो मान्छे हुने रहर छ ?

म प्राइमरी स्कुल मा हुँदा चिया पसल खोलेर एक्लो छोरा पढाए, हाई स्कुल पुग्यो तर छोरा लाई काम गर्न लाज लाग्ने भयो, गलत नसम्झनु , उस्ले चिया पसलमै काम गर्नु पर्छ भनेको हैन तर लाज लागे पछी अर्को केही त गर्नै पर्‍यो ? त्यो केही को खोज नहुन्जेल मुखमा माड त लगाऊनै पर्‍यो ? त्यो माड लगाउने खोज ठुलो कुरा भएको भए लाज हराउने थियो .

बन्धु ! तपाईंले चाँही के के काम गर्नु भयो ? कस्ता कस्ता काम गर्नु भयो ? यि सबै बिदेस जाने हरुलाई पुग्ने काम के के छन ? त्यो पनि बताइ दिनुस् , बाँकी रहेका नेपाल बसेका हरुले नभ्याएर बिदेस गएका लाई फिर्ता बोलाउनु भएको हो कि ?

त्यो सम्बिधान बनाउने कुरा गर्नु भएन ? त्यो चाँही कहिले बन्छ ? ति संबिधान बनाउन आल टाल गर्नेको चाकमा खुर्सानी धुवाउने काम गर्नुस् अनी हामी फर्किने कुरा बिचार  गरौला ।

Read Full Discussion Thread for this article