Posted by: cybernepali January 11, 2012
Nepali Clerk shot dead at DeKalb, Georgia
Login in to Rate this Post:     0       ?        
 
 

अमेरिकामा नेपालीको गोली हानी हत्या

E-mail Print
(0 votes, average 0 out of 5)
काठमाडौं, पुस २७ (नागरिक)- एट्लान्टास्थित डेकाटुरको ग्यास स्टेशनमा कार्यरत दामोदर पाठकको गोली हानी हत्या भएको छ। ड्युटीमा रहेका पाठकमाथि रातको समयमा नजिकैबाट प्रहार गरेको गोली छाती र पेटमा लागेपछि उनलाई तत्काल अस्पताल पुर्‍याइएको थियो। ग्रेडी मेमोरियल अस्पताल भर्ना गरिएका पाठकलाई चिकित्सकले बचाउन सकेनन्।

 
९ जनवरीको राति गोली प्रहार हुँदाको दृश्य स्टेशनको सीसीटिभीले रेकर्ड गरेको छ। रेकर्डअनुसार पाठकमाथि गोली चलाउने व्यक्ति कालो रंगको देखिएको छ। ग्राहकको भेसमा आएको व्यक्तिले केहीबेर भनाभन गरेपछि गोली प्रहार गरि हिँडेको देखिन्छ। हत्या हुनु केही क्षण अघि मात्र पाठक दुई तीन पटक स्टोरबाट बाहिर भित्र गरेको देखिएको छ। पाठक काउन्टर भित्रै रहेको भए बुलेटप्रुफ सिसाको कारण गोलीबाट बाँच्न सक्ने स्थिति रहन्थ्यो।

गोली प्रहार हुँदा स्टेशनमै काम गर्ने स्टाफ जोसेफ स्टोर भित्रै काम गरिरहेका थिए। जोसेफले नै पुलिसलाई खबर गरेका थिए। घाइते पाठकलाई पुलिसले तत्काल अस्पताल पुर्‍याएको थियो।

हत्या गरिएका पाठक परिवार ललितपुरमा बसोबास गर्छ। १३ वर्षीय छोरी र ११ वर्षीय छोराका पिता दामोदर सन् २००७ मा अमेरिका पुगेका थिए। दुई वर्षदेखि उनी कृष्ण देवकोटा मालिक रहेको डेकाटुरस्थित सोही ग्यास स्टेशनमा काम गर्दै आएका थिए। नेप्लिज एसोसिएसन अफ जर्जियाका वरिष्ठ उपाध्यक्ष समेत रहेका देवकोटाले पाठकको शव नेपाल पठाउने बारे परिवारसँग सम्पर्क गरिरहेको जानकारी दिए। पाठकको शव हाल ग्रेडी मेमोरियल अस्पतालमा राखिएको छ।

अमेरिकाको साउथ क्यारोलोना स्पार्टवर्ग काउन्टीमा रहेको सिट्को ग्यास स्टेशनमा बुधबार राति दुई जनाको हत्या भएकोमा एक जना नेपाली भएको अमेरिकाबाट सञ्चालित नेपाली पोस्टले जनाएको छ। राति साढे दश बजेतिर भएको हत्यामा ग्यास स्टेशन सञ्चालक नेपाली रवीन्द्र शर्मा छन्।

नेपाली पोष्टले उनको उमेर करिब ४० वर्ष रहेको जनाएको छ। अर्को सोही ग्यास स्टेशनमा काम गर्ने ३५ वर्षीय मेक्सिकन गुमारो गोन्जालेसको पनि हत्या भएको छ। गोन्जालेसको स्टोरमै मृत्यु भएको र शर्मालाई भने अस्पताल लैजाँदा मृत्यु भएको वेबसाइटले उल्लेख गरेको छ।

नेपालमा गुल्मी घर भएका कृष्ण कँडेंल र गोली लागी मारिएका नेपाल पर्वत घर भएका रवीन्द्र शर्माको संयुक्त लगानीमा गत जुलाईदेखि मात्र सो ग्यास स्टेशन सुरु भएको थियो ।

सन् १९९८ मा अमेरिका आएका रवीन्द्र लामो समयसम्म डीसी क्षेत्रको भर्जिनियामा बसेका थिए। आफ्नै व्यवसाय सञ्चालन गर्ने क्रममा उनी गत जुलाइदेखि मात्र साउथ क्यारोलोना गएका थिए।

पर्वतको शंकरपोखरी गाविस कुँडापानीमा जन्मिएका शर्मा तीन दाजु भाइमध्ये माइलो छोरा हुन्। हाल उनको परिवार नवलपरासीमा रहँदै आएका छन्।

शर्माका चार वर्षीय छोरी र श्रीमतीसमेत यही नोभेम्बर डिसेम्बरसम्ममा अमेरिका आइपुग्ने क्रममा थिए।

स्थानीय प्रहरीले अपराधीको खोजी गरिरहेको भए पनि कोही पक्राउ पर्न सकेका छैनन्।

Read Full Discussion Thread for this article