Posted by: collegefootballrocks January 4, 2012
Maobaadi k ho???
Login in to Rate this Post:     0       ?        
nice one from one of my fren's status in facebook.... 

अब त्यो सालिक हटेपछि जनता को घर मा बिजुली बल्छ? पेट्रोल पम्प मा लाम लग्नु पर्दैन ? महंगी घट्छ ? प्रदुसन हट्छ ? देश मा दण्डहीनता को अन्त्य हुन्छ ? अपराध मा कमि आउछ ? हुतिहाराहरु केहि गर्न सक्दैनन् सालिक हटाउने, नाम फेर्ने..उफ्फ़ यस्ता मुर्ख हरु को नालायकी निर्णय मा टिप्पणी गरेर आफु पनि किन मुर्ख को पंक्ति मा पर्नु ..

यो सरकार साचै शहिदको सम्मान गर्न चाहन्छ भने चार जना शहिदको मूर्तिलाई शहिद गेटवाट ह...टाएर अझ संमानित र आकर्षक गेट बनाएर राखोस कमसेकम सडकको धुवा धुलोबाट त मुक्ती हुन्थो शहिदलाई . आफु नया सिर्जना गर्न सक्नु छैन अरुले बनाएको भत्काएर जनता झुक्याउन खोज्ने भए यी गाउँ गाउँ भत्काएर सरकारमा पुगेकाहरुले . रोम शहरको कोलोसियम शायद मानव सभ्यताको सबै भन्दा अपमानित र बर्बर स्थान होला जँहा राजाहरुले दास र सिंह लडाएर रमाईलो लिन्थे . त्यस्तो स्थानलाई त इतालीयनहरूले जोगाएर राखेका छन् , खोइत त्यस्तो स्थान जोगाउनुमा उनीहरुले आफ्नो बेईज्जत ठानेनन त, आफुलाई अपमानित महसुस गरेनन त . दुनिया कंहाबाट कंहा पुगिसक्यो हामी मात्रले यो खोक्रो आडम्बरको ‘हृतिक रोशन’ उद्वेगमा यस्ता निर्णय सुनेर बस्नु पर्ने ? इतिहासको गल्तिलाई सच्याउने सबै भन्दा उतम मार्ग भनेको त्यो भन्दा अझ राम्रो निर्माण गर्नु हो न कि भत्काऊनु . इतिहास सचिन्न केबल इतिहाबाट शिक्षा मात्र लिन सकिन्छ.
Read Full Discussion Thread for this article