Posted by: sunayani January 1, 2012
Gajal
Login in to Rate this Post:     2       ?         Liked by
कसैलाई यो जिन्दगी बसन्तको बहार भयो
आफूलाई त जिन्दगी मात्र तिरस्कार भयो।

कति सपना सजाएथे अजम्बरी मायाप्रेमको
उनेका ती मालाहरु उखेलिएको झार भयो।

जिन्दगीलाई खुशी राख्न धेरै यत्न गरे मैले
आज सारा यत्नहरु दुखैदुखको भार भयो।

पिडा सही हाँसी हाँसी जतन गरी जोगाएको
तिम्रो माया गला रेट्ने खुकुरीको धार भयो।

खेल सरि खेलिदियौ विश्वासलाई तिमीले मेरो
भो तिमीले नै जित्यौ अब मात्र मेरो हार भयो।

सँगै मर्ने सँगै बाँच्ने खाएका ती कसमहरु
बगे सबै सम्बन्ध हाम्रो नदीको दुई किनार भयो 
Read Full Discussion Thread for this article