Posted by: jantare1 December 31, 2011
भात भन्या भात हो!
Login in to Rate this Post:     22       ?         Liked by
 बिहान होस या बेलुका  

दिउस भए नि बालै हो 

दालसँग होस या झोलसँग

भात भन्या भात हो! 


नेपाल होस या अम्रिका

नेपालीको जिउने आड हो

२ थाल नबजाइ चित्तै नबुझ्ने

भात भन्या भात हो! 


कति खाइयो नाथे पिज्जा

बर्गर पनि त खाएकै हो

तेस्ता जाबाले पेट के मान्थ्यो

भात भन्या भात हो!


बढी भएको क्याम्पसमा टिफिन

खैरे सोध्छ - "क्या हो त्यो?"

ङिँच्च हाँस्दै ग्वाम्म खाँदै -

"भात भन्या भात हो!"


चिनीरोग लागे ओखति खाउँला

भुँडी लागे नि आफ्नै त हो

मरेपछी पनि पिण्डो खुवाउने

भात भन्या भात हो! 

 

Last edited: 31-Dec-11 11:41 PM
Read Full Discussion Thread for this article