Posted by: Rakeshkc December 30, 2011
Login in to Rate this Post:
0
?
Now I think is turn of Jwai Saheb. How long he will hide in USA. It is better if he surrenders to Nepalese authorities and pays his due. Nepali ma "Pap Dhuri bat karuchha banchan."
नक्कली ऋणी खडा गरी बैंक ठग्ने फरार संचालक प्रहरी कब्जामा
केपी ढुंगाना, काठमाडौं, पुस १४ - ठगी अभियोगमा फरार रहेका क्यापिटल मर्चेन्ट फाइनान्सका कम्पनी सचिव तथा महाप्रवन्धक शिवराज जोशी र सहयोगी शम्भु बहादुर केसी पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले दुबैलाई राजधानीमा पक्राउ गरेको हो। पक्राउ परेका केसी नेपाल प्रोग्रेसिभ फाइनान्सका तत्कालीन अध्यक्ष समेत हुन्।
व्युरो अधिकारीका अनुसार उनीहरुले क्यापिटल मर्चेन्ट बैङ्किङ एण्ड फाइनान्स लिमिटेडको कर्जा लिने कार्यमा संलग्न नक्कली ऋणी खोजी गर्ने, कम्पनी खडा गर्ने तथा व्यक्तिहरु खोजी गर्न सहयोग गर्ने, क्यापिटल मर्चेन्टका संस्थापक प्रमुख पवनकुमार कार्कीको निर्देशन बमोजिम संस्थाका अधिकृत कर्मचारी रिना तण्डुकारसँग ऋणीले दस्तखत दिएका चेकबाट नगद संस्थाको अन्य बैंक चेक मार्फत रकम लिने देखिएको छ।
व्युरो अधिकारीका अनुसार क्यापिटल फाइनान्सको पत्रमा उल्लेख भए अनुसार कृतिम ऋणीहरु खडा खोजी गरी उक्त संस्थाको निक्षेपकर्ताको हिनामिना गरेको रकम करिब रु २ अर्ब ५० करोड मध्ये करिब रु ६० करोड रकम नक्कली ऋणी खडा गरी दुरुपयोग गरेको देखिएको छ। (http://nagariknews.com/society/nation/34829-2011-12-29-11-59-28.html