Posted by: jantare1 December 28, 2011
What to do if other people are living in your house?
Login in to Rate this Post:     0       ?        
हुन त म काठमाडौंबासी होइन, न त गाउँबाट काठमाडौंमा सर्ने बिचारै छ, तैपनी यो होमेपाजी (होमेजि होइन, होमेपाजी लोल!) को कुरो सुन्दा कन्पारो तातेर आयो! अस्ति citizen of nepal लाई भन्या थिएँ यस्तै कुरो, आज होमेलाई भन्दै छु:

काठमाडौं तिम्रा बाउ को बिर्ता हो र अरुले त्यँहा बस्न नपाउनु? कि तिम्रो मावलका बा ले तिम्री आमालाई दाईजोमा दिएर पठाएका थिए र काठमाडौंलाई निजी सम्पत्ती जस्तो गर्या?

अनि बि. ति. दब्लु., पानी खान नपाए, बत्ती बाल्न नपाए, सुरक्षा नभए, हाम्रो गाममा आउ! २४सै घण्टा बनबाट बगेर आको सफ्फा पानी खानि सौभाग्य पाउँछौ! सोलार र विन्ड-मिल बाट बिजुली निकाल्या छम हाम्ले, तिम्रो काठमाडौंमा जस्तो टुकी बाल्नुपर्दैन! "तल्लो घरे साइँलोको गोठमा चोर पसे रे!", भन्नि सुन्नै नपाई सब गाउँले खान लाग्या गाँस नि छोडेर हसिया, खुर्पा, कोदालाको बिँड, नाम्लाको पातो, खन्ती, जे भेटिन्छ त्यही बोकेर चोरलाई खेद्छन! बडीगार्ड नै राखे नि त्यती सुरक्षा पाउदैनौ तिम्ले काठमाडौंमा! मेरो काठमाडौं रे, गाउबाट आको मान्छेहरुले गर्दा बिग्रियो रे! कुनै दिन हाम्रा गाउँमा गएर चाउचाउको खाली पोको मात्रा फ्याँक त, कानका जाली सात दिन सम्म बज्नी गरी भेट्छौ गालामा!
Read Full Discussion Thread for this article