Posted by: jantare1 December 26, 2011
For Students interested in improving the Healthcare System of Nepal
Login in to Rate this Post:     0       ?        
 I agree that people acting violently towards doctors when a patient dies is wrong. But, is it ethical for doctors to shut down the whole hospital? The news below says that this time doctors beatt/cut the patient's relatives. Does anyone know if there's a law that says that doctors will not be held responsible in case a patient dies during treatment?

 

मणिपालमा आकस्मिक सेवा पनि ठप्प

 
 

 

पोखरा, पुस ११ - अस्पतालमा असुरक्षा भएको भन्दै विरोधमा उत्रिएका चिकित्सकले सोमबार पनि मणिपाल शिक्षण अस्पतालका सवै सेवा ठप्प पारेका छन् ।

शनिवार बिरामीको मृत्युपछि कुरुवामाथि कुटपीटमा उत्रिएका चिकित्सकहरुले आफूहरु असुरक्षित भएको भन्दै आइतबारदेखि सवै सेवा ठप्प पारेका हुन ।

बिभिन्न अस्पतालवाट रिफर विरामी आउने अस्पतालमा दुई दिनदेखि सवै सेवा ठप्प हुँदा विरामीहरु मर्कामा परेका छन् । चिकित्सक र स्वास्थ्यकर्मीहरु सुरक्षाको ग्यारेण्टी हुनुपर्ने, अस्पतालमा चिकित्सक र सुरक्षाकर्मी जनशक्ति वढाईनुपर्ने लगायतका माग राखेर काम नगरी वसेका छन । चिकित्सकहरुले आफ्ना माग पुरा नभएसमम काममा नर्फकने अडान लिएका छन् । अस्पतालमा विहान आठ वजेदेखि नै ओपिडका विरामीको लागि टिकट बिक्री वितरण गरिने भएपनि सोमबार विहानदेखि गरिएको छैन ।

अस्पतालका डाईरेक्टर पिके चक्रवर्तीले चिकित्सकहरुले सुरक्षासहित विभिन्न माग राखेर विरोधमा उत्रिएका कारण सेवा बन्द भएको बताए । 'अहिलेसम्म अस्पताल बन्द छ' उनले भने 'वार्तावाट समस्या समाधान गर्ने पहल गरिरहेका छौं ।' उनले चिकित्सकका सवै माग अस्पताल प्रशासनले तत्काल पुरा गर्न नसक्ने जानकारी दिए ।

विरोधमा उत्रिएका चिकित्सकहरुले अस्पतालको ईमजेन्सीमा थप जनशक्ति वढाउनुपर्ने, भौत्तिक पूर्वाधार र सामाग्री थप गर्नुपर्ने, सुरक्षाका लागि सुरक्षाकर्मी खटाउनुपर्ने लगायतका माग राखेका छन ।

कास्की पुम्दिभूम्दि ४ का ४८ बर्षीय रुद्रनाथ वरालको शनिवार विहान उपचारको क्रममा मृत्युभएपछि उत्पन्न विवादमा चिकित्सकहरुले समूहले मृतकका छोरा अर्जुनसंगै प्रसन्न पौडेल, विजय पौडेल, राजेन्द्र अधिकारीलाई धारिलो हतियार प्रयोग गरी हातपात गर्नुका साथै कुटपीट गरेका थिए । मृतकका आफन्तलाई सुरक्षा दिन लाग्दा चिकित्सकहरु आक्रामक शैलीमा नारावाजी गर्दै प्रहरीमाथि खनिएका थिए ।

अस्पतालको ईमजेन्सीमा दैनिक करिव ५० र वहिरंग विभागमा ३ सय जति विरामी परीक्षणका लागि आउने अस्पतालले जनाएको छ । 
Read Full Discussion Thread for this article