Posted by: nepali_superman December 24, 2011
Do we have to get married?
Login in to Rate this Post:     0       ?        
@ wonton: here is the experience of "Rajesh Dai"  who is unmarried till now, lets see what he has to say ?

'प्रेमिकाको व्यवहारै मीठो’

काठमाडौ, पुस ९ - नेपाली फिल्मका लागि दुई दशकदेखि हिरोको पदपूर्ति गरिरहेका राजेश हमाल फिल्ममा देखिने उनको हाउभाउ र आवाजको गर्जनले जति चर्चित छन्, व्यक्तिगत जीवनका कारण पनि । अग्ला कदका ह्यान्डसम हिरोका लागि वास्तविक हिरोइन भेट्नु त्यति मुस्किल नहोला तर जीवनले पाँचौं दशक मनाइरहँदा पनि यिनी अविवाहित नै छन् ।

हालैको साँझ सवा घन्टा लामो बसाइमा उनलाई व्यक्तिगत जीवनबारे कोट्याउनु किन पनि सान्दर्भिक हुने थियो भने पछिल्ला दिनमा उनी एक युवतीको चक्करमा फसिरहेका छन् । यसलाई कुराकानीको 'क्लाइमेक्स' बनाउन सुरुवातमा चाहिँ फिल्मी कुरामै चक्कर लगाइयो । २२ वर्षअघि 'युगदेखि युगसम्म' खेलेपछि कहिल्यै 'फ्लप' हुन नपरेका 'भाग्यमानी' उनी स्वयंचाहिँ भाग्यमा विश्वास गर्दैनन् । मान्छे जति बहादुर भए पनि प्रेममा भने कमजोर नै हुन्छ भने झैं राजेशले पनि विवाहको हकमा ज्योतिषीको अवरोधलाई तोड्न सकेनन् । 'धार्मिक अन्धविश्वासका कुरा नसुनेको भए बरु पर्वाह नै हुन्थेन,' ज्योतिषीले दुई वर्ष विवाहमा खड्को छ भनेकैले सन् २०१३ लाई विवाह वर्ष तय गरिसकेका उनी कमजोर बने, 'सुनिसकेपछि मानसपटलमा कस्तो-कस्तो हुँदोरहेछ । धेरै लामो समयपछि शुभकार्य गर्न लागेका बेला केही भइहाले ?'

बुढेसकालमा 'केटाकेटी प्रेम' मा फसेका राजेश यसबारे गफिँदा पनि केटौले देखिए । 'अहिले केटाकेटीको सम्बन्धमा छौं । अचेल यस्तो सम्बन्ध अत्यन्तै काँचो डोरीमा बाँधिएको हुन्छ रे । कुनै पनि बेला छिन्न पनि सक्छ । फेरि छिन्यो भने त हा...हा...हा... ।' केही लाज मिश्रति हाँसोमा पार्टनरको परिचयबारे भने उनी खुल्न चाहेनन्, 'मेरो माध्यमबाट उसको निजी जीवन किन खोतलियोस्, सम्बन्ध गाँसिएपछि भने अर्कै हो ।' अहिले पनि एकसाथ पाँच फिल्ममा व्यस्त नायक प्रेमको चक्कर भने कसरी चलाइरहेका होलान् त ? 'खाने मुखलाई जुँगाले छेक्छ र ?' उनले उल्टै प्रतिप्रश्न गरे, 'तर औपचारिक डेटिङमा मात्रै भेट्नुपर्छ भन्ने पनि छैन ।' राजेश उमेरले आफूभन्दा २० -अझ बढी) वर्ष कान्छी प्रेमिकाको शारीरिक अवस्थाले भन्दा पनि व्यवहार र आचरणले प्रभाव पारेर विवाहको निर्णयसम्म पुगेको खुलाउँछन् । तर उनी अझै पनि ज्योतिषीले भाँजो हालेको दुई वर्ष दुवैले एकअर्कालाई बुझ्न 'परीक्षाको घडी' का रूपमा प्रयोग गरिरहेको मान्छन् ।

राजेशमा प्रेमिकाकै कारण पछिल्लो समय आएको परिवर्तन अनौठो छ । रंगीन दुनियाँमा काम गर्दासमेत सहकर्मी महिला साथीहरूसँग व्यावसायिक सम्बन्ध मात्र राख्ने र प्रायः एकान्त मन पराउने उनी आफूले समेत 'राजेश हमाल' लाई पूरै बुझ्न नसकेको स्विकार्छन् । 'सुरुदेखि नै एक्लै हिँड्ने बानीमा परें । दर्शकको ऊर्जा नै मेरा लागि ठूलो सपोर्ट रह्यो । त्यसैले अहिलेसम्मको यात्रा गर्न महिलाको पनि खासै जरुरत परेन,' ओठमा जबरजस्ती हाँसो निकाले पनि उनले विस्तारै नीरस जीवनको समीक्षा गरे, 'तर अहिले पछाडि फर्केर हेर्दा कसैको दह्रो साथ भयो भने काम गर्न कन्पिmडेन्ट अझ बढ्छ जस्तो लागिरहेछ । मसँग पनि अर्धाङगनी भएको भए सायद अझ बढी रिस्क उठाएर अघि बढ्थें होला । आत्मविश्वासका साथ प्रयोगात्मक काम गर्थें । नभएपछि एक्लोमै बानी पर्दोरहेछ ।' यस हिसाबले अहिले उनी पहिचानको खोजीमा छन् ।

उनलाई सधैं युवा जोस, आक्रोश र क्रान्तिकारी चरित्रसाथ फिल्म खेलेकैले दर्शकको हृदयमा बस्न सफल भएको ठानिन्छ । उनी आफैं भने सधैं एकनासका चरित्र निर्वाह गर्दागर्दै हत्तु भएका छन् । अब भने उनको जीवनमा प्रेमको साइड इफेक्ट देखिन थालेको छ । किनकि नायक राजेश छिट्टै निर्देशनमा पनि हात हाल्दैछन् । 'त्यसका लागि अध्ययन गरिरहेको छु,' पछिल्लो समय फिल्म क्षेत्रले भोगेको संक्रमणकाललाई नजिकबाट नियालिरहेका उनीसँग फिल्म चलाउने केही उपाय पनि छन्, 'केही चीज विश्वव्यापी हुन्छन् । जसरी हरेक वर्गका नेपालीलाई मःम मनपर्छ त्यसैगरी फिल्ममा पनि मानवीय संवेदनालाई सही ढंगले ट्याकल गर्ने हो सफल भइन्छ ।' यसलाई सजिलो नठानेका उनले आफैंले खेल्दै आएका वा बन्दै आएका फिल्मजस्तै बनाउनुको चाहिँ तुक देख्दैनन् रे । 'त्यस्तै हो भने त किन बनाउनु ?' उनी चाहन्छन् आफ्नो फिल्म

विदेशी फिल्मको स्वाद लिने दर्शक र नेपाली फिल्म हेर्ने दुवैलाई समेट्ने खालको होस् ।

हरेक सफल मानिसको पछाडि एक महिलाको हात हुन्छ भनिए पनि राजेश फिल्म क्षेत्रका त्यस्ता एक्ला बृहस्पति हुन् जो एक्लै पनि 'महानायक' बने । त्यसैले त उनले यसलाई संशोधन नै गरेका

रहेछन्, 'हरेक सफल पुरुषको पछाडि एउटी महिला हुन्छिन्,' उनी हाँसे ।



Read Full Discussion Thread for this article