Posted by: HomLal December 17, 2011
What is your feeling about this??
Login in to Rate this Post:     1       ?         Liked by
मित्र, निस्वार्थ सहयोगी भावना हुनु भनेको मानिसको उत्तम गुण हो। यस्तो गुणले मान्छेलाई तत्काल सुख र शान्ति दिन्छ। यस्तो गुण हुने मान्छेको सर्वत्र प्रशंसा हुन्छ। साथसाथै यो सकरात्मक कर्म हो र यसले अनन्तकालसम्म सकरात्मक कर्मफल नै ल्याउँछ। त्यसैले, आफूले गरेका राम्रा काम खेर जाँदैनन भन्ने कुरामा हामी ढुक्क हुनु पर्छ। भावी जीवनमा विश्वास नलागेमा कमसेकम यसले हाम्रो वर्तमानमा प्रसन्नता त दिन्छ नै। प्रसन्न मनले गुणी जीवन दर्शाउँछ।

माथि उल्लेख गरिएका कुरामा विश्वास नगर्दा यसमा मलाई के छ त भन्ने स्वार्थी भावना मनमा उत्पन्न हुन्छ। स्वार्थी मन भनेको प्रदूषित मन हो र प्रदूषित मनले गरेका राम्रा कामको पनि नराम्रो फल ल्याउँछ। हामीले अनुभव गरेकै कुरा हो कि मन भारी बनाएर सहयोग गरेको कुराले मान्छेलाई तुरुन्त दुःखी बनाई हाल्छ। त्यसैले हामीले आफूलाई असल बनाउने हो र त्यसको लागि हामीले आफूभन्दा उच्च कोटीको गुण भएकाहरुको अनुकरण गर्ने हो। 

हामी सबैसंग सहयोग लिएको र दिएको दुवै अनुभव पक्कै छ। सहयोग दिंदाको मज्जा लिंदाको भन्दा कयौ गुणा बढि हुन्छ। अनि सहयोग लिंदा पनि त्यो दिने प्रति कृतज्ञता जाग्छ नै। जसमा त्यो जाग्दैन तिनीहरु दयाका पात्र हुन न कि आलोचनाका। 

नेपालीको गुणी पहिचानलाई हाम्रा साना-साना उदाहरूहरुले अझ बलियो बनाऔ। निस्वार्थ सहयोगी हातहरुलाई मेरो सलाम !!!
Read Full Discussion Thread for this article