Posted by: WikiLeaks December 17, 2011
अदालतले मुद्दा किनारा लगायको बारे ANA को प्रेश बिज्ञप्ती
Login in to Rate this Post:     0       ?        
अदालतले मुद्दा किनारा लगायको बारे ANA को प्रेश बिज्ञप्ती
 द एसोसिएसन अफ नेप्लीज इन अमेरिका (एएनए) कोANA_logo

प्रेश विज्ञप्ति 

एएनएका आदरणीय सदस्य तथा पत्रकार मित्रहरु,

द एसोसिएसन अफ नेप्लीज इन अमेरिका (एएनए) अमेरिका र क्यानडामा क्रियाशील हजारौ नेपाली संघ-संस्था बिच ओजस्वी परिचय बोकेको संस्था हो l अहिलेको समयमा यस क्षेत्रमा रहेका संघ-संस्था मध्ये निक्कै ठुल्ठुला चोट सहन बाध्य भएको संस्था पनि हो – एएनए l हामी सबै नै एएनएलाइ मायाँ गर्छौ l यसको कारण स्पष्ट र सरल छ l एएनएको बिचमा रहेको ‘ N ‘ ले ‘नेप्लिज’ को प्रतिनिधित्व गर्दछ जसमा हामी गर्व गर्छौ, हामी को कहाँ र कता छौ भन्ने कुराको यसमा कुनै तुक छैन l

कुनै विषयमा सहमत अथवा असहमत हुन पाउने अधिकार हामीलाई प्रजातान्त्रिक पद्दतिले प्रदान गरेको छ l कानुनी राज्यमा आफ्नो अधिकारको रक्षा गर्नु र न्यायको अपेक्षा गर्नु राज्यद्वारा सबैलाई प्रदत्त अधिकार हो l हामी हाम्रा सम्पूर्ण समर्थक शुभचिन्तक साथीहरुलाई गौरवकासाथ जानकारी गराउन चाहन्छौ अदालतमा रहेको एएनएको मुद्धा यहि डिसेम्वर ८ तारिखका दिन किनारा लागि सकेको छ l यस मुद्दाका कारण एएनए र मुद्धासंग जोडिएका व्यक्तिहरुले केही मात्रामा आर्थिक क्षती भने व्यहोर्नु पर्यो l

अब अदालतले मुद्धा किनारा लगाई सकेको छ, हामीले एएनएको भविष्य हेर्दै अगाडी बढ्नै पर्ने हुन्छ l विगतबाट निर्दिष्ट र वर्तमानको दृष्टिकोणलाइ समेटेर एएनएको नौलो भविष्य निर्माणका हामी सबै ऐक्यवद्द भएर अगाडी बढ्नै पर्ने हुन्छ l एएनएमा सबै नेपाली समानरुपले अटाउन सक्ने वातावरण निर्माणका लागि हामी सबै ऐक्यवद्द हुनै पर्ने हुन्छ l अहिलेको महत्वपूर्ण काम भनेको हामीले एएनएलाइ आर्थिक – कानुनी विषयमा नाफारहित सामुदायिक संस्थाको परिधिमा पूर्ण रुपले ल्याउनु पर्ने हुन्छ, ऐन-नियमका विषयलाई चुस्त तन्दुरुस्त बनाउनु पर्ने छ lएएनएका कानुनी परामर्शदाता (वकिल) संग हामी आर्थिक – कानुनी विषयमा केहि दिनमा सल्लाह गर्ने छौ l म र मेरो समूहले एएनएलाइ यसवेला आवश्यक परेको आर्थिक – कानुनी विषयलाई चुस्त तन्दुरुस्त बनाउने प्रकृया पूरा गराउने छ l म एएनएका सदस्य साथीहरु,पूर्व तथा वर्तमान पदाधिकारीहरु, एएनएसंग सम्वन्धित संघ-संस्था तथा यसका कमिटिका पदाधिकारीहरु, एएनएका विगतका सम्मेलनका पदाधिकारीहरु लगायत सरोकारवाला सम्पूर्ण महानुभावहरुसंग पूर्ण सहयोगको अपेक्षा राख्दछु l

जब हामी एएनएका सामु रहेको आवश्यक कानुनी तथा आर्थिक अनुशासनको विषयलाई सहि ठाउमा ल्याई पुर्याउने छौ त्यसको लगत्तै सरोकारवाला निकायबाट स्वीकृत गरिएको विधान अनुसार एएनएको नयाँ नेत्तृत्वकालागि निर्वाचन गराउने छौ l हामी हाम्रा कानुनी परामर्शदातासंग परामर्श गरि समयमानै एएनए सम्वन्धि सूचना तथा जानकारीहरु एएनएको ‘वेभ साइट’ मा ‘पोष्ट’ गर्ने छौ l
एएनए अदालतमा भएको वेला असहमतिलाई सहमतिमा ल्याउन अहम भूमिका निर्वाह गर्नुहुने अमेरिकाका लागि नेपाली राजदूत डा. शंकर प्रसाद शर्मालाई उहाले पुर्याउनु भएको योगदानका लागि हामी आभार व्यक्त नगरी रहन सक्दैनौ l एएनएको स्थापना गरेर यसलाई जीवन्त राख्न पुर्याएको योगदानका कारण यसका संस्थापक तथा पूर्व पदाधिकारीहरुलाइ म सलाम गर्न चाहन्छु l एएनएलाई दु:ख-सुखका समयमा साथ दिने अमेरिका तथा क्यानडामा बस्ने हजारौ नेपाली दाजु – भाई, दिदि-बहिनीहरुलाई यस साथका लागि प्रणाम नगरी रहन सकिन्न l आउदो एएनएले सकारात्मक सोच राख्ने र रचनात्मक काम गर्नेलाई सलाम गर्ने नै छ l
अदालतले एएनएका लागि खटाएका ट्रष्टि अनुज सुद र एएनएका लागि कानुनी परामर्शदाता (वकिल) डिपो अकिन-डेक एएनएका लागि उहाहरुले पुर्याउनु भएको योगदानका कारण धन्यवादका पात्र हुनुहुन्छ l एएनएको मुद्धा अदालतमा रहेको बेला सामुदायिक भावनामा रही मुद्धाको विषयलाई शान्त रुपमा रहन दिएर अदालती निर्णय पर्खिदिनु भएकोमा पत्रकार मित्रहरुप्रति पनि हामी आभारी छौ l

‘Lone Star state ‘ का नामले चिनिने टेक्सास एएनएको ३० औँ सम्मेलन जुलाई ४, २०१२ को तयारीमा जुटेको छ l ” भिमकाय राज्य टेक्सास ” मा बस्नुहुने नेपाली दाजु – भाई, दिदि-बहिनीहरुले एएनएको आउँदो सम्मेलन अविष्मरणीय बनाउनु हुनेछ भन्नेमा हामी पूर्ण विश्वस्त छौ l बिभिन्न क्षेत्र र पेशामा रहनु भएका सम्पूर्ण नेपालीहरुलाई द एसोसिएसन अफ नेप्लीज इन अमेरिका (एएनए) एउटै छाता मूनी अटाउने वातावरण सृजना गर्न म र मेरो समूहमा रहनु भएका एएनएका पदाधिकारीहरु पूर्ण रुपमा प्रतिवद्द छौ l

धन्यवाद
छेवाङ शेर्पा लामा
अध्यक्ष
(अन्तरिम कार्यसमिति)
द एसोसिएसन अफ नेप्लीज इन अमेरिका (एएनए)
डिसेम्वर १४, २०११

Read Full Discussion Thread for this article