Posted by: Rahuldai December 7, 2011
Login in to Rate this Post:
13
?
Liked by
इश्वर,
बुझे, पुजे हुन्छ,
नबुझे डस्टरले पुछे हुन्छ,
इश्वर,
आस्था हो,
गाथा हो ,
अस्थिर मनको साथी हो,
अस्थिर तनको सारथी हो,
मन्दिरको घन्टा बजाउदैमा,
भक्ती भजन भजाउदैमा
इश्वरले दर्शन दिने हैन,
नबजाउदैमा
नभजाउदैमा
दूर दर्शन हुने हुने हैन
हरेक मान्छे को अत्ममा,
हरेक मान्छेको भावमा
इश्वर हुन्छ
अल्लाह मा इश्वर
जिसस मा इश्वर
इमान मा इश्वर
इमाम मा इश्वर
चिन्न सके,
देख्न सके ,
जतात्तै इश्वर हुन्छ ।
दु:खमा साथको लागि
हाथ चाहिन्छ भन्ने छैन
मन को शान्ती
ठुलो महल र मल मा हुन्छ भन्ने छैन ।
बुझेर केही बिग्रिन्न
पुजेर केही बिग्रिन्न
त्यसैले
बुझे पुजे हुन्छ
नबुझे पुछे हुन्छ।