Posted by: Rahuldai December 7, 2011
भद्रगोल जेल ! ! !
Login in to Rate this Post:     3       ?         Liked by

भद्रगोल जेल

दोस्रो तथा अन्तिम भाग
 

निकै रङिन मिजास को महाराजको यो दन्केको आगो सारीको आदेश पालना गर्दै थप दलबल सहित् डाक्टर साहेब को घरमा धावा बोले सैनिक र आठपहरियाहरुको सयुक्त दस्ताले । डाक्टर साहेब पनि कम्ता को थिएन, छोरी लाई अज्ञात ठाउँमा लुकाइ सेनामेना लाई घर्मैइ हुल्न दिएन । श्री ३ महाराज को आदेश -आज्ञा को बर्खिलाप हिम्मत गर्न सक्ने केही जिउदा मान्छेहरुमा परे डाक्टर साहेब । नेपाली त्यो पनि काठमाडौ को नेवार डाक्टरी पढ्या एक मात्र थिए त्यती बेला , बाँकी डाक्टरहरु भारतबाट ल्याइएका केही बङ्गाली र बिहारी डाक्टरहरु मात्र् थिए जस्तो डाक्टर सुशील चन्द्र हल्डर । त्यै भएर पनि महाराज बिरुद्ध अबज्ञाको बिगुल फुक्न सकेको । त्यसो त कुन चाँही अभिबावकले आफ्नो कालेजी को टुक्रा राक्षसी सामु खुशीका साथ पस्किन्थे र । डर त्रासले धेरै ले आफ्न चेलीहरु सिंहदरबार भित्र को कोठीमा चिच्याएको कर्कश आवाज कान थुनेर सुने । बिबश, निरही ।

यो प्रयास असफल भए सि सेना मेना फर्के, महाराज को कोप भोजन को शिकार हुने नै भए । सबजना  भाटा कार्यबाही मा परे । महाराजको रीसले सिमा नाघ्यो । सेना कै उच्चपदाधिकारी भतिज पर्ने कर्नेल साहेबलाई चाहिने जती सेना लिएर जाने र जसरी भए पनि त्यस सुन्दरिलाई हाजिर गराउने आदेश जारी गरे  महाराज ले ।

यसपाली भने डाक्टर साहेबको केही सीप लागेन। सेनाले लुकाइ राखेकी चेलीलाई खोजिवरि दरबार को परिकार् बनाइ छाडे। जुद्ध शमशेर महाराज ठुलै युग्द जितेको बिजयी भावमा कलिली चेलीको इज्जत धुजा धुजा पार्दै रात रङ्गिन बनाउन मै ब्यस्त रहे ।

त्यो कहाली लाग्दो रात डाक्टर साहेबको परिवारको लागि ग्रहण को रात थियो । छटपटाइ बिते । भोली पल्ट बिहानै डाक्टर साहेब ले " मेरी छोरी जुद्ध शमशेरले अपहरण गरी लाग्यो । कसकिको छोरी बाँकी नराख्ने भयो नरपिचासले" भन्दै ब्यापक हल्ला गरी दिए । अस्पताल देखी, बजार , अद्दा अदालत सबै तिर महाराज को चर्तिकला र डाक्टर को हिम्मत को कुराले बजार लियो । त्यो हल्ला यती ठुलो भयो कि सिंहदरबार को पर्खाल ले छेक्न सकेन , रोक्न सकेन ।


महाराज माथि नभएको नैतीक समस्या आइपर्‍यो । अरु सर्बसाधारणले आरोप गढेको भए पागल घोषित गरी झ्यालखानामा सडाउथे। डाक्टर पर्‍यो , त्यो पनि शहरबासी माझ चिरपरिचित तथा सम्मानित ब्यक्ती । त्यसै त दरबार भित्र श्री ३ को श्रीपेजको लागि अनेक षड्यन्त्र हुने ठाउँ, महाराज बिरोधि क्याम्पले टेन्ट लगाउला भन्ने डर ।


महाराजले आफु निकट ब्यक्ती हरु सँग यो घट्नाको सुरक्षित अवतरण गराउने बारे छलफल गरे । एउटा उपाय सुझियो। डाक्टर को छोरी उठाइ ल्याउने कर्नेल साहेबलाई आफुले उठाइ लगेको र आँफैले राखेको बयान दिन लगाइ उनिमाथि कार्यबाही गर्ने, गराउने ।

योजना मुताबिक कर्णेल साहेबले आफुले अपराध कबूल गरेको झ्यालि पिटाइए । महाराज को इजलास मा मुद्दा चलाईए । दुनियाँलाई देखाउन कडा भन्दा कडा सजाय सुनाए । सर्बस्व सहित् जन्म कैद ।

अब  पर्‍यो अर्को फसाद । सजाय त सुनाइयो , अब कुन जेलमा हाल्ने ?? जनतालाई जेल हालेको त देखाउनै पर्‍यो । कर्नेल साहेब ले -त्यो चोर डाँका , बिद्रोही सँग त्यस्तो जनावर् को खोरमा बस्न सक्दिन भनेर इन्कार गरे । बल्लतल्ल नाटकको रुपमा भए पनि नगरेको अपराध स्विकार गरेका कर्नेल साहेब, अझ केही समयमै जर्नेलमा प्रमोशन गर्ने गरी छुट्ने शर्तमा  , त्यो पनि बहालवाला राणाजी ले दरबारिया सुबिधा बिना जेल जान्न भनी अडान लिनु अस्वाभाबिक हैन ।

कर्नेल साहेब को जिद्दिपनसँग हार मानेर रातारात सेन्ट्रल जेल भित्र एउटा छुट्टै युनिट निर्माण गरिए । दरबार को सप्पै सुख सुबिधा उपलब्ध हुने गरी । त्यही युनिट मा कर्नेल भद्र शमशेर राखिए । भद्र शमशेरलाई थुन्न बनाइेको उक्त खण्ड तब उपरान्त भद्रगोल जेल नाम ले प्रख्यात भए ।

अस्तु!!   
 

Read Full Discussion Thread for this article