Posted by: Rahuldai December 6, 2011
भद्रगोल जेल ! ! !
Login in to Rate this Post:     6       ?         Liked by

भद्रगोल जेल

मित्रहरु आज म तपाईंहरुलाई भद्रगोल जेल को कथा भन्न गैरहेछु । यो कथा मेरो हैन। मुक्ती योग्दा खड्ग मान सिंह को "जेल मा २० बर्ष"  पुस्तकबाट सभार गरेको हुँ । यो पुस्तक झन्डै २५ बर्ष अघी पढेको थिए। सम्झना भरिका समलहरुलाई जोड्जाड गर्ने ध्रिष्टता गरेको छु । आशा छ गल्ती भए माफि दिनु हुने छ । खड्ग मान सिंह १९८७ देखी २००७ सम्म राणा शासन बिरुद्ध को राज द्रोह मा जेल पर्नु भएको र जेल मा भोगेका देखेका कुराहरुलाई लिपी गर्नु भएको थियो पुस्तक "जेलमा २० बर्ष"।


अंग्रेजी मा Gaol को अर्थ जेल नै हुन्छ । भद्र गोल जेल , शाहरै अस्तब्यस्त वा अब्यबस्थित भएर भद्रगोल जेल रहन गएको हैन । भद्रगोल जेल कसरी हुन गयो , अब सुन्नुस् ।

जुद्ध शमशेर महाराज प्रधान मन्त्री भाको बखत को कुरा हो यो । १९८९ देखी २००२ बिक्रम सम्बत, जुद्ध शमशेर कालिन समय थियो । राणा शासन बिरुद्ध संगठित रुपमा प्रजापरिषद लगायत संघ सस्था लागि सकेकाथिए । धेरै जसो त्यती बेलाका क्रान्तिकारीहरु राज द्रोहमा जेल परिसकेका थिए। त्यतिबेला एउटा मात्र अधिकारिक जेल थियो सेन्ट्रल जेल । त्रिपुरेश्वर ओरालो को प्रारम्भ मै जङगी अड्डा को सामुन्ने, खाने पानी संस्थान को कार्यालयको पछाडि जगन्नाथ देवलमा सेन्ट्रल जेल अवस्थित छ । सेन्ट्रल जेल कै एउटा खण्ड लाई हाल सम्म पनि भद्रगोल जेल भनिन्छ ।

जुद्ध शमशेर महाराज तरुनी को मामला मा कमजोर भन्ने कि बलियो , अन्यौलमा छु । शहर मा नयाँ तरुनी देख्नै नहुने । नयाँ नयाँ शिकार को खोजिमा तत्कालिन शहरको केन्द्र बिन्दू नयाँ सडक , ईन्द्रचोक , असन , कमलाछी आदी स्थान मा सन्ध्याकालिन शयर गर्नु हुन्थ्यो । सरकार को आँखा सडक को दाँयाबाँया का झ्याल र वरण्डामा हुन्थ्यो । धेरै जसो घरमा शायद महाराज कै डर ले होला तिकी झ्याल अर्थात बुट्टे दार काठको सानो सानो प्वाल मात्र भएको खापा हुन्थ्यो । भित्रबाट देखिने तर बाहिरको ले देख्न मुश्किल हुने । तै पनि महाराज को तेजिलो नजर कुनै न कुनै नयाँ केटी माथि पर्थ्यो र तत्काल आठपहरिया ( प्रहरी )  मार्फत सरकार को यौन सन्तुष्टी को लागि बल पूर्वक उपस्थित गराइन्थ्यो ।

यस्तै मा एक दिन नयाँ सडक अर्थात जुद्ध सडक को एउटा घरको झ्यालमा जुद्ध शमशेर को आँखा गढियो । भर्खरकी १५-१६ बर्ष टेकेकी माथि र्‍याल काढ्नु भयो । तत्काल आठपहरियाहरुलाई उठाइ ल्याउनु भन्ने हुकुम गरी मिठो यौन रश्वासदन को कल्पना गरी बग्गी चढी दरबार फिर्ती हुनु भयो। आज्ञा बमोजिम आठपहरियाहरु त्यो घरमा पुगी आदेशाअनुसार गर्न जादा असफल भए । त्यो घर तत्कालिन एक मात्र नेपाली चिकित्सक को घर परेछ । डाक्टर साहेबको नैतीकताले र स्वाभिमानले  आफ्नी छोरीलाई यसरी  कसैको यौन खेलौना बन्न दिन अनुमती दिएन र ठाडै अस्विकार गरे । अनेक डर धम्की दिदा पनि मानेन । हार मानेन आठअपहरियाहरु फर्के । बिचरा आठपहरियाहरु पो नामर्द ठहरिए  र कार्यबाहिमा परे ।


उता जुद्ध शमशेर महाराज शाही क्रोधमा आगो । अर्को एक दफ्फा उच्च सैनिक आधिकारि सहित् दोब्बर आठपहरियाहरु पठाइ जसरी भए नि उठाइ ल्याउनु भन्ने हुकुम जारी भयो ।

क्रमश :
 

Read Full Discussion Thread for this article