Posted by: Rahuldai December 2, 2011
I keep seeing my dead relatives/friends in my dreams. Are they trying to tell me something?
Login in to Rate this Post:     0       ?        

STAR15

सबै भन्दा पहिला त म मर्छु कि भन्ने चिन्ता मनबाट हटाइ दिनुस् । सपनाको कुरा बिपनामा हुने भए यो संसार अर्कै भाईसक्थ्यो । हो केही सपनाहरुले बिपना र बिपत्ती को संकेत कहिले काहीं गर्छ , हरबार गर्दैन ।

मैले पनि बेला बेलामा तपाईंकै जस्तो सपना देख्छु । कहिले काहीं त लगातार २-४ दिन देखेको छु । यो क्रम अहिले को मात्र् हैन मेरो पिताजीको देहान्त भए देखी को हो ( २६ बर्ष) । दुई बर्ष अघी आमा पनि स्वर्गिय हुनु भए देखी यो क्रम झन बढेको थियो र अझै कहिले काँही देख्छु आमा लाई सपना मा । केही हुन्छ भन्ने डर मलाई कहिलेइ आएन बरु मैले नै केही गरें कि जो मातापिता वा अरु म्रितक आत्महरुलाई ठेस लाग्ने कार्य ? त्यै सोच्छु र शुद्ध मन ले क्षमा माग्छु । कृपया मैले जानी न जानी गल्ती गरेको छु भने माफ गर्नु होला, भनी पुकार गर्छु । लगातर सपना ले बिपना खलबलाउन थालेको बेला नजिक को मन्दिर मा प्रार्थनाको हात जोड्छु ।

बिज्ञान को विद्यार्थी हुँ, बिज्ञानलाई मान्छु । तर पनि मनविय शक्ती र पहुंच भन्दा पनि शक्तिशाली कुनै शक्ती छ भन्ने विश्वाश गर्छु । कसैले भगवान भन्छन कसैले यशु, कसैले अल्लाह । प्रार्थना गरेर केही वा आस्थामा दुई हात जोड्दैमा न सप्रे पनि बिग्रिदैन । केही न भए नि मनमा शान्ती हुन्छ । मन खलबलिएको बेला , तन अलमलिएको बेला यस्ता सपनाहरु ले जिस्काउन आइरहन्छन । बस, मनलाई बलियो बनाउनुस् । जीवन लाई जीवन्त बनाउनुस् । अस्तु !!   

Read Full Discussion Thread for this article