Posted by: sojhoketa1 December 1, 2011
yeso euta gajal rakhe hai...
Login in to Rate this Post:     2       ?         Liked by

गजल

साँझको जून हेर्दै कहानी लेख्दै छु

हरेक प्रहर रंगाउने जवानी देख्दै छु |

 

नशामानि होइन पिडामानि छैन

यादहरुमा प्रत्येक पल जिन्दगानी टेक्दै छु |

 

सपना मनभरी केहि गर्ने जुनुन

तरपनि समयलाई मनोमानी छेक्दै छु |

 

हर रात संसार जित्ने आँट आउछ मलाई

फेरी -फेरी किन -किन बिहानी मेट्दै छु |

 

सपनाबाट ब्युझिएर बिपनामा बाच्छु आजकल

त्येसैले जताततै पानि  - पानि भेट्दै छु |

Read Full Discussion Thread for this article