Posted by: neerman November 27, 2011
बाल्टिमोरमा एक नेपालीको मृत्यु,शव बेवारिस
Login in to Rate this Post:     0       ?        
बाल्टिमोर,अमेरिका,नोभेम्वर २७ । यहाँ एक नेपाली युवाको शव बेवारिस अवस्थामा फेला परेको छ । स्थानीय बाल्टिमोर शहरको केटन्सभिल भन्ने ठाउँको साउथ बिचफिल्डमा डेरा गरेर बस्ने २६ वर्षीय नारायण भण्डारीको शव उनको डेरा नजिकै फेला परेको प्रहरीले बताएको छ । नेपालको लमजुङ जिल्लाको खुदी गाविस वडा नम्वर एकका स्थायी बासिन्दा नारायण विद्यार्थी भिसामा सन् २००३ को डिसेम्वरमा अमेरिका आएका थिए । बेवारिस अवस्थामा फेला परेको नारायणको मृत्युको कारण बारे प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ । हाल उनको शवलाई प्रहरीले बाल्टिमोर मेडिकल एक्जामिनरमा राखेको छ । नारायणको मृत्यु बारे प्रहरी र सोही अस्पतालका चिकित्सकसँग बुझ्ने प्रयास भईरहेको र सम्भवतः सोमवारसम्ममा ठोस जानकारी प्राप्त हुन सक्ने नेपाली राजदूतावास वासिङ्टन डिसीका प्रथम सचिव आनन्द शर्माले ग्लोब नेपाल डट कमलाई जानकारी दिनुभएको छ । घटनाको बारे थाहा पाए लगत्तै काठमाडौंमा रहेका मृतक भण्डारीका परिवारलाई जानकारी गराई सकेको पनि उहाँले बताउनुभयो । for more, please visit globenepal dot com
Read Full Discussion Thread for this article