Posted by: jantare1 November 23, 2011
Let's save a child of my country
Login in to Rate this Post:     0       ?        



 हेर भाई, तिम्रो कुरो म सपोर्ट गर्छु। राम्रो कामको सुरुवात गरेउ, त्यस्को लागि धन्यवाद! तर, तिमी जुन हिसाबले अगाडि बढीरहेको छौ नि, त्यो चाँही ठीक छैन। तिम्ले जस्तो जेम्स बोन्डका धेरै फिलिम मैले नि हेर्या छु। फिल्म हेरिसकेर मैले नि आफुलाई १-२ दिन जेम्स बोन्ड नै ठान्या थिए! कागजको पिस्तोल बनाएर बारीका कन्ला, करेसो, मकै बारी, सबैतिर उफ्रिदै चोर्-पुलिस नि खेलियो! हिरोनै भये जस्तो भको थियो। तर वास्तविक जिन्दगी त्यस्तो छैन। अरुले साथ दिये दियुन, नदिए बाल, एक्लै गर्छु भनेर सक्ने कुरो होइन यो। बजार गएर तरकारी किन्न त मुस्किल छ आजकाल, तरकारी लिन गको मान्छे भन्दा "तेरो फलानो अपहरनमा पर्‍यो, पैसा लिएर आइजो" भन्नेको फोन चाडो आउछ! कलीलै छौ जस्तो छौ, तेही भएर एक्लै सबै गर्छु भनेर जोश आको हो तिम्लाई, होस् ठेगानमा आएपछी चेत्छौ। अरु त अरु, तिम्लाई के गर्ने भन्ने समेत थाहा छैन भने, एक्लै गर्छौ चाँही के? आँफै राम्रो काम गरौ भन्छौ, अनी आँफै अरु कोइ नभए एक्लै गर्छु नि भन्छौ। कि सुपरहिरो बन्ने भूत चड्या छ? समस्या अरु क्यै होइन, घमण्ड छोडेर आउ साथ दिने टन्नै हुन्छन! with me being the first one.
Read Full Discussion Thread for this article