Posted by: Rahuldai November 23, 2011
Kichkandi
Login in to Rate this Post:     0       ?        

किचकन्याको कथा (Part 1)
*******************

पहिले पहिले धेरै पहिले कन्तिपुरका तान्त्रिक राजा प्रताप मल्ल एुटी सुन्दरी किचकन्या संग लोप परेको र आदि इत्यादी घट्ना, दुर्घट्ना भै रानी पोखरी बनाउन लागाए रे भन्ने कथा त सुनकै होलाउ।
परमाण खोज्ने भए अझै रानीपोखरीको दक्षिण छेउमा मालिकको शालिक सहित हात्तीले किचकन्नेको अस्तुलाई कुल्चिराखेको अद्यापि छंदै छ।

२०४७-४८ साल तिर पुल्चोक क्याम्पस पढ्नेहरुलाई हेक्का होला नै किच कन्याको कथा। पुरानो बागमती पूल भांसिदा, थापाथलि प्रसुतिग्रिह नजिकबाट् अस्थायी पूल निर्माण भए लगत्तै किचकन्नेले मध्यरात गुलजार गरेको घट्ना सुनेकै हुनु पर्दछ। १० -२० जना जति किचकन्नेको शिकार भए। क्सैको पनि प्राण पखेरु उडेन तर धन सम्पति चाहि उडे। नक्कली किचकन्नेको आतंकले ३-४ महिना त्यो बाटो हिड्ने बाठो देखि लाटो सम्म आक्रान्त भए।

अब असलि कुरा मा फर्कौं। किचकन्या भन्नाले, अत्यन्त राम्री कन्या केटी,हेर्दा बत्तिसै लक्षणले सजिएकी ( कसैलाई एश्वर्य राय, कसैलाई हेमा मालिनि, कसैलाई करिश्मा के सी जस्तो लाग्न सक्छ), तर खुट्टाको कुर्कुच्चा भने उल्टो फर्किएको हुने प्रेतात्मा, भूतात्मा, के के अत्मा हुन्।
सुन्दरीको पछि जो लाग्यो, त्यो फस्यो।
कतिपयले ज्यान गुमाए रे, कतिले ध्यान गुमाए।

तिनै किचकन्नेको पनि मन्दिर् हुंदो रैछ, मूर्ति हुंदो रैछ। आश्चर्यको बिषय हुन सक्ला।
न भए सुन्दरी पुज्ने चलन अनादीकाल देखि रैछ भनेर बुझ्नु पर्ने हुन्छ।
त्यो किचकन्नेको नित्यपूजा र सुन्दरीलाई मन पर्ने पेंडा पूजा दिनहुं चढाइने गरेको अद्यापि देखिन्छ।

अब त्यो मन्दिर -मूर्ति कहां छ भन्ने उत्सुकता भए, काठमाडौको नक्सा पल्टाउनुस्।
हनुमान ढोकाबाट दक्षिण पश्चिम वा नया सडकको जुद्ध समसेरको शालिकलाई पछाडि पारेरे सिधै पश्चिम हान्नुस्। काष्ठमण्डप भन्ने एकै रुखबाट बनेको एतिहासिक मन्दिरमा पुग्नु हुने छ। काठमाडौं को नामाकरण नै त्यही काष्ठमण्डपबाट भएको ले यस्को मह्त्व त्यसै झल्किन्छ। ( अझ त्यस माथि ठुल्दाई को घर त्यहि मन्दिर् को नि ठ्याक्कै पश्चिम पट्टि, ३ गल्ली ३ चोक भित्र भाको ले यसको महत्वमा चार चाँद लागेको मान्नै पर्ने हुन्छ।)

हो त्यही काष्ठमण्डप पुगे पछि अझै दक्षिण तिर् हेर्ने हो भने २ बाटोको हांगो देखिन्छ। एक् बाटो, भिमसेनस्थान हुंदै कालिमाटी, टंकेश्वर्, ताहचल पुगिन्छ, अर्को बाटो, चिकमुगल, मजिपाट, जैसी देवल, ब्रम्हटोल हुदै टेकु पचली घाट् सम्म पुग्दछ।
अब त्यता सम्म नि जानु पर्दैन। काष्ठमण्डप मै उभिएर यी दुइ बाटो हेर्ने। दुइबाटो को बिचमा एुटा मन्दिर छ। सिंह सत्तल ( क्रिष्ण मन्दिर्) नामलेचिनिन्छ। भनिन्छ, काष्ठमण्डप बनाउदा त्यो अजङगको रुखबाट जति काठ झिके नि न सकेको र मन्दिर बनाई उभ्रेको काठबाट त्यो सत्तल् ( पाटि) बनाइेको थियो रे र सिं ल्यङ्गु सत: ( बाकि काठको सत्तल) बाट् अपभ्रंस भै सिंह सत्तल हुन गएको भन्ने किंबदन्ति पाइन्छ।

हो अब भने तपाई ठिक ठाउंमा अौनु भयो। त्यही सिंह सत्तल (जसको चारै तिर् पसल्हरु छन्)को पछाडि गल्ली भन्नुम् कि बाटो छ,बाटो पछाडि पसलहरु। नामुद ग्वारामरी किन्ने पसल( बारा, चटामरि , आलु व: बेच्ने पसल पनि छ। अब त्यो पसल् को चिकमुगल तिर् को कुन्ना को दोकान मुनि किचकन्नेको मूर्ति छ।


होस गरम् है साथी गाम्लेहरु हो, कहिं त्यो बाटो बाट् हिड्डा जानेर न जानेर, त्यो मूर्तिमा जुठो सुर्ति फ्यांकेमा, हतारमा नित्यकर्म गरेमा, वा अनेक किसिमको हेलाँ गरेमा, किचकन्या प्रकट भै,फेरि रानी पोखरी बनाउन लगाउन बेर छैन। आज लाई यो किचकन्ने को कथा यहीं समाप्त, यसको बाकी भाग जाँगर चलेको बेला राख्ने नै छु। किचकन्नेको जालमा न फसम्, आफनै हालमा रमाऔं। तारेमाम्।

http://sajha.com/guild/viewuser.cfm?username=rahulvai&guildid=595

Read Full Discussion Thread for this article