Posted by: khoikkhoik November 23, 2011
Man burns wife for giving birth to daughter
Login in to Rate this Post:     0       ?        
Here is the worst one. Is there something we can do, so that Chief Justice can have attention on this case ??

यौन दुर्व्यवहारमा परेकी किशोरीद्वारा सुरक्षा माग



नेपालगन्ज, मंसिर ५ -

एक महिनाअघि यौन दुर्व्यवहारमा परेकी किशोरीले आफूलाई कोठामा थुनेर जर्बजस्ती गर्ने युवकबाट बचाउन माग गरेकी छिन् ।

नेपालगन्ज–१ स्थित खजुरारोडका पंकज गुप्ता र उनका आफन्तले ‘ज्यान लिने’ धम्की दिएको उनले बताएकी छिन् । गुप्ताको डरले किशोरीले विद्यालय छाडेकी छन् । धम्बोझी उच्च माविमा कक्षा १० मा अध्ययनरत थिइन् । उनी कोहलपुरस्थित आफन्तकहॉ बस्न थालेकी छिन् । ‘बिहे गर कि पैसा लिएर मुद्दा फिर्ता गर भन्छन’–उनले भनिन,– 'म दोषीलाई कारबाही भएको हेर्न चाहान्छु ।'

कात्तिक ४ गते डेराछेउकै कोठामा थुनेर गुप्ताले जर्बजस्ती गरेको किशोरीको आरोप छ । प्रहरीले ५ गते मध्यान्ह १२ बजे किशोरीलाई उद्दार गरेको हो । ‘१८ घण्टा थुनेर बलात्कार गर्ने गुप्तालाई घटनास्थलबाटै पक्राउ गरेर लगेका हौ’–अनुसन्धानमा संलग्न प्रहरी अधिकृतले भने,– किशोरी अर्धनग्न अबस्थामा थिईन् । उनको शरिरमा निलडाम र मुखमा कपडा कोचिएको थियो ।’

अभियुक्त गुप्ताले पहिलेदेखि किशोरीलाई पछ्याईरहेका थिए । प्रेमपत्र र उपहार फर्काएपछि गुप्ताले बदला लिन जर्बजस्ती गरेको किशोरीले बताईन् । ‘तेरो इज्जतमा दाग लागिसक्यो । रातभर जर्बजस्ती गरेपछि अब त बिहे गर्छेस नि भन्थ्यो’–उनले भनिन । धम्कीपछि किशोरीको परिवारले बस्दैआएको डेरा छाडेका छन् । किशोरी अझै पनि डराउने, घरबाट बाहिर ननिस्कने र सपनामा झस्किने गरेको आफन्तले बताए ।

किशोरीले आफू बलात्कृत भएको विद्यालयका शिक्षिकालाई पनि बताएकी थिईन् । उनले आफ्नो ठेगाना र कुनै पनि जानकारी नदिन आग्रह गरेको प्राचार्य किरण आचार्यले बताईन् । ‘यस्तो घटना भयो भनेर भनिन् । दुःख लाग्यो । बिदा भएकाले सहयोग गर्न सकिएन्’–उनले भनिन् । गुप्ताका आफन्तले घटना स्वीकार्दै पैसा दिन र बिहे गर्न तयार रहेको प्राचार्य आचार्यलाई पनि बताएका थिए ।

जिल्ला अदालत बॉकेले शुक्रवार बलात्कारका अभियोगी गुप्तालाई सादा तारेखमा छाडेपछि किशोरीले असुरक्षा महशुस गरेकी हुन् । युवकले प्रहरी र जिल्ला न्यायधिवक्ता समक्ष राजीखुशी यौनसर्म्र्पक गरेको स्वीकारेका छन् । स्वास्थ्य परिक्षणमा भने योनी झिल्ली च्यातिए पनि बिर्य नदेखिएको उल्लेख छ । प्रहरीले बन्द कोठाबाटै किशोरीलाई उद्दार र अभियुक्तलाई पक्राउ गरेको अभियोजनमा उल्लेख भए पनि न्यायधिश कृष्णकमल अधिकारीको इजलासले गुप्तालाई सादा तारेखमा छाडेको छ

स्वभाविक प्रतिकार नदेखिएको र लामो समयसम्म पटक–पटक करणी भएको विश्वास गर्न नसकिने भन्दै अदालतले सादा तारेखमा छाड्ने आदेश दिएको हो । अदालतले राजीखुशी यौनसर्म्र्पक भएको आशय व्यक्त गर्दै गुप्तालाई तारेखमा छाडेको छ । तर, आफूसंग बयान नलिइएकोमा पनि किशोरीले असन्तुष्टि व्यक्त गरेकी छिन् । जिल्ला न्यायधिवक्ता नारायण पौडेलले थुनछेक राखेर पुर्पक्ष गर्न माग गर्दै अभियोजन गरेकोमा अपेक्षाविपरित आदेश आएको बताए ।


Read Full Discussion Thread for this article