Posted by: sojhoketa1 November 22, 2011
KAVITAKO DESH - III
Login in to Rate this Post:     0       ?        
 संवेगहरू

मनभित्र बर्सौदेखी गुम्सिएका संवेगहरू

आज एक्कासी बिस्फोट भएर

मलाई गाली गर्न खोज्दैछन

अनि प्रत्येक पल प्रस्न गरिरहेछन

"त्यो उराठलाग्दो मनभित्र किन कैदी बनाइस हामीलाई

बर्सौदेखी सुनौलो किरणको आशा देखाएर

अन्धकार परिवेशहरुमा किन भुलाइस हामीलाई

तलाई थाहा हुनुपर्थ्यो हामी एकदिन बिस्फोट हुनेछौ

अनि ज्वालामुखी ल्याउनेछौ “|

 

संवेगहरूसंग केहि बोल्न सक्दिन

तिनिहरुसंगै उठ्छु , तिनिहरुसंगै सुत्छु

हो, मलाई मेरा संवेगहरूले आजकल

बन्दि बनाएका छन् |

 

ज्यादा सोच्दिन, संवेगहरूसंग हिंड्छु

ज्यादा खुल्दीन,संवेगहरूसंग डुल्छु

कैयेन् प्रहार चोटहरुले सिकिस्त घाइते भएर

युधभुमिको एउटा सिपहिजस्तो

अलिअलि आत्मसमर्पण  अनि अलिअलि आत्मसम्मान

भित्रभित्र उमारेर बाचिरहेछु आजकल |

 

सायद आजकल बाच्ने कला सिकिरहेछु

बर्तमानको चासो ; भाबिसेय्को चिन्ता

बस यताउति प्रहारहरुलाई पन्छाउदै

एउटा जीवनकहानी लेखिरहेछु पत्थरहरुको सहरमा

कुनबेला काहानेर कता गएर के गर्छु

कुनै पत्तो छैन

बस हिडीरहेछु संवेगहरूको  लहरमा  |

Read Full Discussion Thread for this article