Posted by: crazy_love November 20, 2011
शीर्षक जे पनि हुन सक्छ।
Login in to Rate this Post:     0       ?        

भाग-१९

भोलिपल्ट पनि उसले फोन गर्‍यो, तर साक्षीले उठाइन, ब्यस्त हो कि के हो ३ चोटि पनि फोन नउठेपछि उसले फेरि प्रयास गरेन। त्यसपछि २-३ दिन उ अफिसको काममा यति ब्यस्त भयो, चाहेर पनि साक्षीलाइ फोन गर्न सकेन। सधै घर फर्किदाँ ढिलो हुन्थ्यो। ५ दिनपछि जब उसको कामहरुको डेडलाइन सकियो र केहि राहत भयो। उसले बेलुकी साक्षीलाइ फोन गर्‍यो, यसपाली ४ घन्टीमा साक्षीले फोन उठाइ।

"साक्षी!"

"हजुर!" साक्षीको स्वर निदाएर भर्खर ब्युँझेको जस्तो थिएन।

"अस्ति किन फोन नउठाको?" ५ दिन अघिको कुरा सोध्यो उसले।

"कहिले?" साक्षीको प्रश्नले उसलाइ रिस उठ्यो।

"५ दिन अघि, मैले यतिखेरै कति फोन गरे, तिमीले उठाएनौ।" समय यति नै बेला हो कि हैन भनेर उसले घडि हेर्‍यो।

"ए- त्यो दिन हामी बाहिर गएका थियौ, दिदीको साथीले सबै परिवारलाइ खाना खान बोलाउनु भएको थियो। मैले फोन यही छोडेको थिए।" साक्षीले साँचो कुरा गरी कि गरिन उसले ठम्याउन सकेन।
 
"अनि कस्तो भयो त डिनर?" उसलाइ मन त लागेको होइन तै पनि सोध्यो।

"ठिकै भयो!"छोटो जवाफ दि साक्षीले।

"तपाइको काम कस्तो हुदैछ?" उसले के सोध्ने भनेर सोच्दा सोच्दै साक्षीले सोधी।

"त्यस्तै त हो नि!" उसले नि छोटै जवाफ दियो।

"ब्यस्त हुनु भयो जस्तो लाग्यो।" साक्षीले किन फोन नगरेको भनेकी हो कि जस्तो लाग्यो उसलाइ।

"अँ-- केहि कामहरु सकाउनु पर्ने थियो, त्यसैले तिमीलाइ फोन गर्नै सकिन।" उसलाइ खुशी लाग्यो साक्षी उसको फोनको प्रतिक्षामा बसेकी रहिछे।

"अहिले काम छैन त?" साक्षीले सोधी।

"छन त छ तर त्यस्तो महत्वपुर्ण छैन। तिमीले खाना खायौ?" उसैले सोध्यो आज।

"खाइसके! तपाइले नि?" साक्षीले उसैलाइ सोधी।

"मैले पनि खाँए भर्खरै!" आज उसलाइ कुराको सिलसिला नमिलेको जस्तो लाग्न थाल्यो।

"आज पनि डेट थियो कि?" साक्षीले नसोचेको प्रश्न गरी।

"हैन, आज मैले घरैमा खाए। ठुल्दिदीको हातको खानाको स्वाद नै अर्कै हुन्छ। उषा पनि अचेल ब्यस्त छे, बिहेको शपिङमा। हाम्रो कुरा सधै हुन्छ। मैले उसलाइ मेरो मोबाइल हरायो भनेको छु। उसले मलाइ कि अफिस कि घरमा फोन गर्छे।" उसलाइ कुन बिषयबाट कुरा सुरु गर्ने भन्ने अन्यौल भै रह्यो।

"एउटा कुरा सोधुँ?" शायद साक्षीलाइ बिहेको कुरा राम्रो लागेन, उसले मनमनै यहि सोच्यो।

"के? भन न!" अलि अलि डर राख्दै उसले भन्यो।

"तपाइ रिसाउनु त हुदैन?" साक्षी पनि डराइरहेकी छे।

"किन रिसाउने? सोध न!" उसले मन दरओ गर्‍यो।

"अस्तिदेखि मलाइ तपाइको आमाको बारेमा कस्तो खुल्दुली लागिरहेको छ। अहिले उहाँ कहाँ हुनु हुन्छ?" साक्षीको स्वर अलि सानो भयो अन्त्यमा!

उसले लामो स्वाश फेर्‍यो, एकैछिन चुप लाग्यो अनि भन्यो, "उहाँ माथिबाट तिमी र मलाइ हेरिरहनु भएको छ।"

"सरी! मैले तपाइलाइ यो कुरा नसोध्नु पर्ने थियो।"साक्षीले गल्ती महसुस गरी।

"तिमी र म मा त्यस्तो सोध्न नहुने कुरै के छ र? परिबेश यस्तो भैदियो कि हामी अहिले अलग अलग छौ। तर तिमी मेरो जिबनको पहिलो प्रेम हौ, पहिलो स्पर्श, पहिलो सम्बन्ध! तिमीले मेरो सबै पक्ष देखेको छौ, प्रेम, अबसाद, आबेश, घ्रीणा। तिमीसङ लुकाउनु पर्ने कुरै केहि छैन मेरो। तिमीसङ म जति खुल्न सक्छु, अरुसङ सक्दिन।" उसको कुराले साक्षीमा केहि साहस आयो।

"उषासङ पनि?" सम्हाल्दा सम्हाल्दै यो प्रश्न कसरी निस्क्यो, साक्षीले थाहा पाइन।

"हो! उषासङ पनि! उषाको जिन्दगीमा हाम्रो जस्तो उतारचढाब छैन। उ सुखी परिबारमा हुर्की, जहाँ माया, प्रेम, बिश्वाशभन्दा अरु केहिको भुमिका रहेन। उसको संसार सबै कुराले भरिपूर्ण छ। उसलाइ जिबनको अरु पक्षबारे केहि अनुभव छैन। त्यसैले उ पर्फेक्ट छे, उसङ सबै कुराको समाधान छ। म उसङ मेरो दुखको कुरा गरेर दया कमाउन चाहदिन।" उसले उषासङ मनमनै माफ माग्यो।

"तपाइको जिन्दगीमा कति ठुलो पहाड रैछ दुखको, त्यसमाथि मैले झन चोट थपिदिए। मलाइ तपाइ ह्रिदयदेखि नै माफ गरिदिनुस् है।"साक्षी फेरि भाबुक भइ।

"पहिला मलाइ त्यस्तै लाग्थ्यो। तर अहिले महसुस गरे। मेरो जिन्दगीको दुखमा कसैको पनि हात छैन सिबाय परिबन्दको। आमाले पाएको दुखमा मैले के नै गर्न सक्थे र? उहाँ आफैले दुखबाट मुक्त पाउने बाटो रोज्नु भयो त उहाँको के गल्ती भयो? उहाँलाइ पनि त सुख सङ बाँच्ने अधिकार छ नि! सबैले उहाँलाइ स्वार्थी र चरित्रहिनको उपमा दिए, तर उहाँलाइ त्यस्तो बनाउनुमा यही समाजको हात छ भनेर अहिले बुझ्दैछु। दिनहुँ भोकै दासी जस्तो घरको काममा पेलिनु अनि उल्टो राति नन्द, सासुको कुरा सुनेर बुबाको कुटाइ खानु। कति हुन्छ सहनशीलताको सीमा? उहाँले जे गर्नु भयो ठिकै गर्नु भयो!" आज बल्ल उसले आफ्नो मनको कुरा खोल्यो साक्षीसङ।

"ठुल्दिले पनि कहिले कहि यस्तै भन्नु हुन्थ्यो। तपाइले कहिल्यै भेट्नु भएन उहासङ?" साक्षीसङ धेरै प्रश्न थिए शायद।

"अहँ! सानोमा एकचोटि आमा मलाइ भेट्न स्कुलमा आउनुभएको थियो रे, मलाइ त याद पनि छैन। त्यो कुरा थाहा पाएपछि बुबाले मेरो स्कुल नै सारि दिनु भयो र मलाइ चेतावनी दिनु भयो "अबदेखि आमासङ भेटेको सुनिएमा मलाइ स्कुल जान पनि बन्द गरिदिने।"तिमीलाइ थाहै छ, बुबा मेरो अन्नदाता, उहाँको निगरानीमा मेरो जिबन बाँचेको। म नाथेबाट त्यत्रो दुस्साहस् गर्ने के आँट? हाम्रो बिहे अघि मैले आमाको ठेगाना खोज्दा मात्र थाहा भयो उहाँ यो अर्कै संसारमा जानु भैसकेको रहेछ।" उ उदास भयो।

"तपाइलाइ फोन चाहिदैन?" साक्षीले उसको मुड चेन्ज गर्ने बिषय निकाली।

"पुरानो सेट थियो, त्यसैमा नयाँ सिम कार्ड हालेर चलाउदै छु। खासै आबश्यक छैन।" उसलाइ फोन फिर्ता लिएपछि साक्षीसङ कुरा गर्ने माध्यम हुदैन भन्ने कुरा थाहा थियो।

"हिजो दिदीले सोध्दै हुनुहुन्थ्यो। फोन किन लिन नआउनु भएको भनेर?" साक्षीको दिदीलाइ पनि कति कुराको टेन्सन!

"तिमीले के भन्यौ?" उसलाइ पीर लाग्न थाल्यो, यही एउटा फोन त छ साक्षीसम्म पुग्ने उसको आधार।

"समय मिलाएर आउनु हुन्छ भने। दिदीले डिवोर्सको प्रक्रिया कहिले सकिन्छ भनेर पनि सोध्दै हुनु हुन्थ्यो। मलाइ थाहा छैन भनिदिए।" दोस्रो प्रश्न अलि शँकास्पद थियो।

"साक्षी! तिमी मलाइ नढाँटि भन। अहिले आएर किन तिम्रो दिदीलाइ डिवोर्सको चिन्ता लाग्दैछ?" उसलाइ साक्षीप्रति बिस्वाश कहिल्यै लागेन।

"मलाइ के थाहा?" साक्षीले गैरजिम्मेवारीपुर्बक भनी।

"तिमीलाइ थाहा नभए कसलाइ हुन्छ? तिमीलाइ चिन्नै सक्दिन म कहिले पनि। यत्रो बर्ष तिमीहरुले डिवोर्सको कुरा पनि गरेको थिएनौ। अब जब मैले उषाको परिवरको लागि यो कदम उठाउदै छु, तिम्रो दिदीलाइ पनि चिन्ता लाग्न थाल्यो। जरुर केहि कारण छ साक्षी!" उसको स्वर काम्न थाल्यो।

साक्षी बोलीन, केहि बेरपछि अलि शान्त हुँदै उसले सोध्यो, "साक्षी कतै तिम्रो बिहे हुन लागेको त छैन?"

"तपाइ दिदीसङ आएर कुरा गर्नुस्! मलाइ यो बारेमा केहि थाहा छैन। मेरो जिन्दगीको निर्णय मैले कहिले गर्न पाँए र?" साक्षी रुन थाली।

"सरी! साक्षी म त्यस्तो आबेशमा आउनु हुन्थेन। किन हो किन तिम्रो बिहेको कुरा सुन्न गार्हो हुन्छ। मैले त्यस्तो सोच्नु हुदैन, तैपनि अझै मलाइ यस्तो लाग्छ तिमी मेरो हुन नसके पनि अरु कसैको नहोस्। मेरो मन अझै स्वार्थी छ साक्षी म के गरु?" उसलाइ नराम्रो लाग्यो।

"अस्तिको डिनरमा दिदीको साथीको भाइ पनि थियो, बाहिरबाट आएको भन्ने कुरा हुदैथियो। बारम्बार म सङ कुरा गर्न आँउथ्यो, भन्थ्यो उसलाइ कसैको बिगतसङ केहि लिनुदिनु छैन। किन भने उसको पनि बिगत छ, उसको पनि डिवोर्स भइसक्यो रे। दिदी भन्नु हुन्छ उसले मलाइ मन पराउछ र बिहे गर्न चाहन्छ। मेरो मनको कुरा कसले बुझ्छ? म के चाहन्छु कसले सुन्न चाहन्छ?" साक्षीले बल्ल फुकाइ आफ्नो मनको उकुसमुकुस!

"तिम्रो मनले के भन्छ? तिमी के चाहन्छौ साक्षी?" उसले सोध्यो।

"म आफ्नो जिन्दगीको निर्णय आफै लिन चाहन्छु। म स्वतन्त्र बाँच्न चाहन्छु। कसैको सहानुभुतिबिना म पनि एक्लै जिउन चाहन्छु।" साक्षी भन्दै थिइ, फोनको लाइन अनायास काटियो, उसले फेरि फोन गर्‍यो तर रिङ गएन, १५ मिनेटसम्म फेरि फेरि प्रयास गरेपछि मात्र उसले मोबाइलको चार्जर देख्यो टेबलमा। साक्षीसङ फोन मात्रै छ, चार्जर त छैन, शायद ब्याट्री चार्ज गर्ने बेला भयो होला। कस्तो राम्रो कुरा हुदै थियो, अहिले फोन बन्द हुनु पर्ने। रातभरि उसलाइ छटपट भैरह्यो, उ निदाउन सकेन। उसको र साक्षीको जिबनको दोबाटो अबश्य छुट्टिन लागेको छ, शायद छिट्टै! के उसले यो खलनायक र परिबेशलाइ एक्लै रोक्न सक्छ?  

क्रमश:

ma_lure jyu! u tyasto ta haina holaa bhanne hamilai laagi raacha!
 
Thank you for your comment!


 

Read Full Discussion Thread for this article