Posted by: crazy_love November 15, 2011
शीर्षक जे पनि हुन सक्छ।
Login in to Rate this Post:     0       ?        

भाग-१८

उ र उषा केहि बेर काठ्मान्डौमा दिन प्रतिदिन च्याउ जस्तै बनिरहेका नयाँ  हलहरुको बारे कुरा गर्न थाले। उषाले नयाँ हिन्दि फिल्म हेर्ने इक्षा गरी, उसले अर्को पटकको लागि योजना बनायो। उसलाइ खासै फिल्म हेर्ने मन छैन तर उषाको मन राख्नको लागि ३ घन्टा बिताउन उसलाइ ठुलो कुरा लाग्दैन। केहि समय बिताए पछि उसले उषालाइ घरमा पुर्‍याइदियो। सधै झैं उषा घरभित्र आउन अनुरोध गरिरहेकी थी। तर उसले त्यो दिन भित्र पसेर औपचारिकता निभाउन उपयुक्त ठानेन, बरु सकेसम्म छिट्टै फिल्म हेर्ने दिन केहि बेर छिटो आएर उषाको आमाबुबासङ भेट्ने बाचा गर्‍यो।

घर पुग्नासाथै उसले फोन सम्झ्यो, २-३ वटा नम्बरहरु नभै नहुने थिए कामको लागि। घरको फोनबाट उसले आफ्नो मोबाइलको नम्बर डायल गर्‍यो। पहिलो चोटि पुरै रिङ गएर पनि फोन उठेन, दोस्रो चोटि तेस्रो रिङ्मा साक्षीले "हलो!" भनी।

"साक्षी! तिमी निदाइरहेको?" उसले घडि हेर्‍यो, भर्खर पौने दश भएको थियो।

"भर्खरै ढल्केको थिए, झपक्कै निद्रा लागेछ।" साक्षीले आधी निद्रा बाट ब्युँझे जस्तो स्वरमा भनी, कता कता मदहोसी जस्तो, उसलाइ आनन्द लाग्यो। मनभित्र दबिएका चाहनाहरु सलबलाए। उसले कल्पना गर्‍यो, पारदर्शी नाइटीमा मस्त निदाइरहेकी साक्षी र उसको अनुहारमा फैलेका सुन्दर केशराशी।

"तपाइ फोन कहिले लिन आउने?" उसको कल्पनालाइ भङ गर्दै साक्षीले सोधी।

"अहिले आँउ?" उ जिस्किन खोज्यो।

"किन अहिले? राति भएन?" साक्षी आतिइ।

"दश बजेको छैन, के को राति?" उसलाइ उडेर जाउ जस्तो नभएको हैन, तर रातले उसलाइ छेक्यो।

"भोलि बिहान म दिदीको स्कुलको स्टाफको हातमा फोन तपाइको अफिसमा पठाइदिउ?" साक्षीलाइ डर लाग्यो।

"किन? तिमीलाइ निद्रा लाग्यो?"

"काम केहि छैन, त्यही भएर निदाउन लागेको! तपाइलाइ फोन भोलि बिहानै पठाइ दिन्छु हुन्न?" साक्षीलाइ फोनकै चिन्ता धेरै थियो।

"मलाइ फोन भन्दा पहिले केहि नम्बरहरु चाहिएको छ। म नाम भन्छु, तिमी उनिहरुको नम्बर मलाइ देउ त! कामको लागि एकदम महत्वपुर्ण नम्बरहरु छन्। म भनु?" उसले साक्षीलाइ नामहरु दियो, साक्षीले नम्बरहरु उसलाइ दिइ।

"खाना खाइसक्नु भयो?" साक्षीले सोधी।

"आज मैले बाहिर खाएको! उषासङ!" उसले साँचो कुरा भन्न्यो।

"ए--" साक्षी फेरि चुप लागी।

"उषा देखेकी छौ?" साक्षीको प्रतिक्रियाको पर्खाइमा थ्यो उ।

"अहँ!" साक्षीले छोटो उत्तर दिइ।

"एकदिन म तिमीलाइ उषासङ परिचय गराइदिन्छु। उ असाध्यै असल छे।"

"मलाइ थाहा छ, उषा असल छे।" साक्षीले रुखो उत्तर दिइ।

"कसरी थाहा पायौ?" उ आश्चर्य भयो।

"यो संसारमा म एक जना बाहेक सबै केटिहरु असल छन्।" साक्षीले आफैलाइ दोषी देखि।

"सरी साक्षी! मैले त्यस्तो अभिप्रायले भनेको हैन। उषा एकदम मिजासिली छे, उ जो सङ पनि साथी बन्न सक्छे, तिमीसङ पनि।" उसलाइ नराम्रो लाग्यो साक्षी फेरि बिगतमा पुगी।

"हुन्छ नि त! तपाइको बिहेमा चिनाइदिनु होला नि त!" ब्यङ हो वा साँच्चै, साक्षीको कुरा उसले बुझेन।

"तिमी आँउछौ मेरो बिहेमा?" उसलाइ रमाइलो लाग्यो।

"अबश्य!" साक्षीको मधुरो हाँसो सुनियो फोनमा।

"के लगाउछौ?" उसको मन फेरि हलचल गर्न थाल्यो, राति आफ्नो प्रेमिकासङ रुमानी कुरा गरेजस्तो।

"कुर्ता!" साक्षी फेरि मुस्काइ उता।

"गुलाबी रङको कुर्ता लगाउ है?" उ पनि जिस्किन थाल्यो।

"किन गुलाबी?" साक्षीलाइ अचम्म लाग्यो।

"तिमीलाइ मैले पहिलो चोटि देख्दा तिमी गुलाबी कुर्ता लाएर मन्दिरमा पुजा गरिरहेकी थियौ। तिमीलाइ याद छ?" उ फेरि अतितमा पुग्यो।

"हो र? अनि मैले कसरी तपाइलाइ देखिन त?" साक्षीले बिर्सिसकी शायद।

"त्यो दिन तिमिलाइ हेर्न हाम्रो मन्दिरमा भेट्ने कार्यक्रम बनेको थियो। म र बिबेक पहिले नै आएर कुरिरहेका थियौ, बिहेको लमी पनि हामीसङै थियो। केहिबेरमै तिमी र तिम्रो दिदी मन्दिरमा पुजाको थाली लिएर आयौ। दिदीलाइ सबै थाहा थियो। लमीसङ हाँसेर मात्र उहाँ तिमीसङ जानु भयो। बास्तबमा तिमीलाइ हेर्न म आएको थिए त्यो दिन। तिमी गुलाबी कुर्तामा उज्याली देखिएकी थियौ, झन् मन्दिरको रातो टिका लगाएपछि त त्यो मन्दिरभरिको केटिहरु मध्य तिमीमा अलग्गै तेज देखिएको थियो। त्यो दिन त तिमी मलाइ फिल्मको हिरोइन जस्तै लागेकी थियौ। तर तिमीले एकचोटि पनि मलाइ हेरेनौ। तिमीलाइ याद छ?" उसको अनुहारमा फेरि आनन्दको लहर फैलियो।

"मलाइ त केहि थाहा थिएन त! शनि कि के हो ग्रहको पूजा भनेर दिदीले मलाइ मन्दिर लानु भएको थियो। मैले तपाइलाइ देखेकै थिइन।" साक्षी उस्तै निर्दोष पारामा भनिरहेकी थी।

"त्यहि दिन तिमीले मलाइ नहेर्दै मैले बुझ्नु पर्ने! यो केटिले मलाइ मन पराइन भनेर। म सोझो मान्छे, दङ पर्दै बिहे गरे, आखिर तिमी गइ हाल्यौ!" घुमिफिरि त्यही आयो बिषयबस्तु।

"मलाइ त बिहेको बारे पनि थाहा थिएन। छोड्नुस यो कुरा! जे हुनु भैसक्यो। मेरो भाग्यमा जे लेखिएको थियो, त्यही भयो। तपाइको त उषा जस्ती असल केटिसङ बिहे हुदैछ। सबै राम्रो हुन्छ। अब पहिलेको कुरा नगरु।" साक्षीको आग्रहलाइ उसले टाल्न सकेन।

"छ नि! सानी हुँदा तिमी कस्ती थियौ?" उसलाइ रात नबितोस् जस्तो भयो कुराको सिलसिला जारी गर्नु थियो।

"म त एक्दम नक्कली थिए रे, गीत गाउने, नाच्ने, सानो कुरामा पनि दिल खोलेर हाँस्थे रे! त्यही भएर मेरो हजुरआमाले जहिले पनि मलाइ यो "छिट्टै पोइला जान्छे" भन्नु हुन्थ्यो। त्यस्तो सानोबेलामा पनि हजुरआमाले सधै "उत्तावली" भनेर गाली गर्नु हुन्थ्यो। आखिरमा उहाँले भनेको जस्तै भयो।" साक्षीले आफ्नो मनको दुख उ सङ पोखी।

"म कस्तो थिए होला भन त!" उसले फेरि बिषयबस्तु बदल्न खोज्यो।

"तपाइ त घुस्घुसे हुनुहुन्थ्यो होला, सधै ठुस्स परेर बस्ने!" साक्षी यसरी हाँसी मानौ उ र साक्षी बर्सौ पुरानो साथीहरु धेरै पछि फोनमा भेटेर कुरा गर्दैछन्।

"तिमी त कस्ती बाठी!" उ पनि हाँस्यो एकछिन र भन्यो। "हो म त्यस्तै थिए। मेरो स्कुलमा साथी नै थिएन। घरमा पनि बुबासङ कुरा गर्न डर लाग्थ्यो। तिमीलाइ थाहै छ आमा मलाइ छोडेर अरुसङ जानु भएको थियो। मलाइ जो सारी लगाएको स्वास्नीमान्छे देखे पनि मेरो आमा त्यही हो कि भन्ने लाग्थ्यो। पछि म अलि ठुलो भएपछि बुबाले फेरि बिहे गर्नु भयो। सानी आमा मसङ नजिकिन खोज्नु हुन्थ्यो तर त्यतिखेरसम्म म एक्लै बस्न रुचाउने भैसकेको थिए।"

"तपाइसङ कुरा गर्नै डर लाग्थ्यो पहिले पहिले मलाइ पनि!" साक्षीले कहिले भन्न नसकेको कुरा बताइ।

"तिमीले कुरा गर्ने प्रयास नै गरिनौ!" आफ्नै बचाब गर्‍यो उसले।

"तपाइले पनि त कहिले राम्ररी कुरा गर्नु भएन म सङ।" साक्षीको पनि गुनासो थियो।

"अहिले कसरी तिमी म सङ कुरा गर्दैछौ त? पहिला पनि हामी यसरी कुरा गर्न सक्थ्यौ होला नि!" पहिले र अहिलेको समयमा आकाश जमीनको फरक भैसकेको थियो।

"तपाइ भोली काममा जानु पर्दैन? हेर्नु त १२ बजिसक्यो!" साक्षीले प्रसङ बदली।

"बजोस्, आफ्नै काम त हो नि! तिमीसङ कुरा गर्दा कस्तो रमाइलो लागिरहेको छ। अहिलेमा बाँचौ, भोलीको के चिन्ता?" उ रोमान्टिक हुन खोजीरहेको थियो।

"अब हामीले यस्तो ब्यबहार गर्नु हुन्न जसले तपाइ र उषाको बिहेमा असर परोस्। मलाइ निद्रा लागिसक्यो।" साक्षीले हाइ गरी फोनमा।

"सुन त!" उसले हत्त न पत्त रोक्यो साक्षीलाइ।

"फोन लिन म आफै आँउछु, कसैको हातमा नपठाउ।"

"कहिले?"

"मलाइ जहिले अनुकुल हुन्छ" उसले सोच्नै पर्छ त्यो त।

"ल, त्यसो भए म सुत्न गए।"साक्षीले फोन राखी, उसलाइ फेरि फोन गरु गरु लाग्यो तर मनलाइ सम्झाउदै बस्यो। उसको आँखामा धेरै बेरसम्म  भर्खरै नुहाएर आफ्नो केशराशी रुमालले झटकाइरहेकी साक्षीको गुलाबी मुस्कान नाचि रह्यो।

क्रमश:

ma_lure jyu,
uniharuko bihe hundaina ki kya ho hai? yo keta ko malai pani bhar laagdaina. Just kidding!
Thanks for commenting!

Read Full Discussion Thread for this article