Posted by: no_quiero November 12, 2011
Yo Ama ko Asu le malai ruwayo (tears of this mother made me cry)
Login in to Rate this Post:     0       ?        

द्वन्द्वको खेती गर्नेले ढुङ्गेल प्रकरण उचालेको प्रधानमन्त्रीको आरोप

(6 Votes)
 
शेखर अधिकारी

BABURAM-BHATTARAI
 

काठमाडौं, कार्तिक २६ - प्रधानमन्त्री बाबुराम भट्टराईले द्वन्द्वको खेती गर्ने समूहले सभासद् बालकृष्ण ढुङ्गेलको आममाफी प्रकरणलाई उचालेको आरोप लगाएका छन् । उनले आममाफीको निर्णय सोचविचार गरेर गरिएकाले फिर्ता नलिने अडान राखे ।

 

माल्दिभ्सको अड्डु टापुमा भएको दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को १७ औं शिखर सम्मेलनमा भाग लिएर शनिबार राति स्वदेश फर्किएका प्रधानमन्त्री भट्टराईले त्रिभूवन विमानस्थलमा पत्रकारहरुसँग यस्तो बताएका हुन् ।

 

‘द्वन्द्वको खेती गरेर डलर भित्र्याउने सानो समूहले यस विषयलाई उचालेको छ,’ सभासद् ढुङ्गेल प्रकरण चर्किएकोप्रति प्रधानमन्त्रीको भनाइ थियो, ‘जिम्मेवार राजनीतिक दल यसको पछि लाग्नुहुन्न ।’ 

 

ढुङ्गेलको आममाफी विशिष्ट प्रकारको भएको टिप्पणी गर्दै प्रधानमन्त्रीले व्यक्ति–व्यक्तिको मुद्दामा पछि नलाग्न आग्रह गरे । ‘द्वन्द्वमा १५ हजारले ज्यान गुमाएका छन्, व्यक्ति–व्यक्तिको मुद्दामा पछाडी लाग्ने र खोतलेर बदला लिने हो भने यो मुलुकमा कोही पनि बच्ने छैन,’ उनले भने ।

 

ओखलढुङ्गाका उज्जनकुमार श्रेष्ठको हत्या अभियोगमा सर्वोच्च अदालतले सर्वस्वसहित जन्मकैद सुनाएका सभासद् ढुङ्गेललाई आममाफी दिन सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरेपछि यसको चर्को विरोध भएको छ ।

 

प्रधानमन्त्रीले भने विरोधलाई अन्यथा नलिएको बताए । ‘बहुदलीय प्रक्रियामा सरकारले सोच विचार राखेर निर्णय गर्दछ,’ प्रतिपक्षीको विरोधप्रति उनले भने, ‘प्रतिपक्षीले पनि आलोचना जाहेर गर्नुलाई मैले अन्यथा लिएको छैन ।’

 

विस्तृत शान्ति सम्झौता र पछिल्लोपटक भएको सात बुँदे सम्झौतामा पनि द्वन्द्वकालका घटनाबारे छानबिन गर्न सत्य निरुपण तथा मेलमिलाप गठन गर्ने खुलाइएको प्रधानमन्त्रीले बताए । यस विषयलाई बढी नगिज्ल्याउन उनले आग्रह गरे ।

 

प्रधानमन्त्रीले सार्क सम्मेलन आपसी सम्बन्ध विस्तारका लागि फलदायी भएको जानकारी दिए । उनले यसअघि भारत भ्रमणमा भएका सहमतिलाई अगाडि बढाउन भारतीय प्रधानमन्त्रीसँग वार्ता भएको बताए । 

 

भूटानी प्रधानमन्त्रीसँग शरणार्थी समस्या समाधानबारे मंसिरमै बैठक गर्ने, श्रीलंका र माल्दिभ्समा हवाई सेवा सञ्चालन गर्न, बंगलादेशसँग फुलबारी बन्दरगाह सञ्चालन, पाकिस्तानसँग बन्द व्यापार सुचारु गर्न र अफगानिस्तानसँग नयाँ सम्बन्ध सुरुवात गर्नेबारे छलफल भएको उनले बताए ।

 

११ सदस्यीय नेपाली टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री मङ्गलबार माल्दिभ्स गएका थिए । सम्मेलन शुक्रबार १० बुँदे अड्डु घोषणापत्र तथा चार सम्झौता गर्दै सम्पन्न भएको थियो । सम्मेलनले आगामी १८ औं शिखर सम्मेलन नेपालमा गर्ने निधो गरेको छ ।

 

Read Full Discussion Thread for this article