Posted by: kanchu! November 12, 2011
Yo Ama ko Asu le malai ruwayo (tears of this mother made me cry)
Login in to Rate this Post:     0       ?        
see what our beloved PM says..

 
 

ढुंगेललाई माफीको निर्णय सरकारले फिर्ता नलिने

सोचविचार गरेर ठीक निर्णय गरेका हौँ : प्रम भट्टराई-
काठमाडौँ, कात्तिक २६ (नागरिक)- प्रधानमन्त्री बाबुराम भट्टराईले हत्याको अभियोगमा सर्वोच्चद्वारा जन्मकैदको सजाय सुनाइएका सभासद बालकृष्ण ढुंगेललाई माफी  'सोचविचार गरेर ठीक निर्णय गरेको' बताउँदै फिर्ता नहुने संकेत गरेका छन् । माल्दिभ्सबाट फर्केपछि विमानस्थलमा सञ्चारकर्मीहरुसित कुरा गर्दै भट्टराईले यस्तो बताएका हुन्। "द्वन्द्वकालको मुद्दालाई प्रक्रियासंगत रुपमा उठाएका हौँ, यसलाई अन्यथा लिनुपर्दैन", निर्णयको चौतर्फी आलोचना हुँदै गर्दा प्रधानमन्त्री भट्टराईले भने, "प्रतिपक्षले उठाएका कुरालाई पनि हामीले अन्यथा लिएका छैनौँ।"

प्रतिपक्षी नेपाली कांग्रेसले निर्णय फिर्ता नलिए स‍ंसद चल्न नदिने बताइसकेको छ। प्रधानमन्त्रीले भने द्वन्द्वोत्तर कालको विशिष्ट कालमा विशिष्ट किसिमले नै समस्याको हल गर्ने बताए।

'द्वन्द्वको खेती गरेर डलर भित्र्याउने सानो समूहले  उचालेर' यो सब गरेको प्रधानमन्त्री भट्टराईको आरोप थियो। "१६ हजारले ज्यान गुमाएका छन्। व्यक्ति-व्यक्तिको मुद्दामा पछाडि लाग्ने हो र खोतलेर बदला लिने हो भने यो मुलुकमा कोही पनि बच्ने छैन", भट्टराईले भने।
Read Full Discussion Thread for this article