Posted by: sojhoketa1 November 11, 2011
म अनि यो सहर
Login in to Rate this Post:     2       ?         Liked by
 म अनि यो सहर

दिनभर जिन्दगि एउटा रफ्तारमा

आफ्नै गीत गाउदै चलिरहेझें लाग्छ मलाई

अनि रातभर सुनसान यो सहरमा

यो जिन्दगि भित्रभित्रै बलिरहेझें लाग्छ मलाई |

 

यो सहरमा मैले कैयौं रातहरु  छटपटीमा बिताएको छु

यो लहरमा मैले कैयौं बातहरु मनभित्रै गुम्साएको छु

पत्थरहरुको बिचमा बाचेको रहेछु क्यारे

मन रोएको येहा कसैले देख्दैन |

 

मलाई कहिलेकाही एस्तो लाग्छ

यो सहरलाई केवल उपयोग मात्र गरु

आफ्नो आकंछ्याको लागि अनि आफ्नो महातोकंग्छ्याको लागि  |

 

योसँग अत्मियेता गास्न सक्दिन

एस्लाई मनभित्र टास्न सक्दिन

किनकि

professionalism को खोल ओढेर

येहा अन्तर्मनका बेदनाहरुको खिल्ली उडाइन्छ

येहा मान्छे कम machine हरु ज्यादा पाइन्छ |

Read Full Discussion Thread for this article