Posted by: Geology Tiger November 9, 2011
Do you still believe in God and/or religion?
Login in to Rate this Post:     0       ?        
मलाई अघि एउटा कुरा भन्न छुटाए जस्तै लाग्यो । कुरा के भने मैले यहाँ आफ्नो मनमा भएको बिचार पोखेको मात्र हुँँ । प्रश्नकर्ताले सुरुमै त अझै भगवानलाई विश्वास गर्छस कि गर्दैनस भनेर सोधेका छन् त्यही भएर प्रश्नकर्तालाई जवाफ दिएको मात्र हो अनि आफ्नो किन त्यस्तो महसुस भयो भन्ने कुराको लागि एक दुई वटा उदाहरण दिएको हो । मेरो बिचारमा अरु साथीले पनि त्यसै गरिरहनु भएको होला । यहाँ कसैले कसैलाई तैले मेरो कुरा मान्नै पर्छ  भन्ने होइन । कसै कसैले आफ्नो तर्कलाई अलि राम्रोसँग प्रस्तुत गर्न नसक्लान तर कसैले कसैलाई त ठीक म बेठिक भन्नु पनि छैन । भगवान मान्न मन लाग्नेले मान्छ, मन नलाग्नेले मान्दैन । यसै पनि हामी भर्खर पढ्न सुरु गरेको बालक होइनौ र प्राय: वैचारिक रुपले  संतृप्त छौ । त्यसैले यहाँ एकले अर्कोलाई आफ्नो विचार लदाउने भन्ने प्रश्नै छैन ।  
Read Full Discussion Thread for this article