Posted by: sojhoketa1 November 9, 2011
lets share some beautiful gazals
Login in to Rate this Post:     1       ?         Liked by
 गजल

 

कहिलेकहिँ सपनामा आउने गर है

कुरी बस्छु दोबाटोमा धाउने गर है |

 

तिम्रो आँखाले धेरै पिडा बोलेको देख्छु

एकबारको जिन्दगि हो रमाउने गर है |

 

रोजाई खोजाईमै किन समय खेर फाल्छौ

चारैतिर आकाशझै छाउने गर है |

 

त्यो मनको पीडालाई दुर दुर भगाऊ तिमि

धक फुकाई जीवन संगीत गाउने गर है |

 

को कहाँ कता हुन्छ कसलाई थाहा

सधै सधै मिठो मुस्कान सजाउने गर है |

Read Full Discussion Thread for this article