Posted by: Geology Tiger November 9, 2011
Do you still believe in God and/or religion?
Login in to Rate this Post:     0       ?        
धर्मको बिकास त्यो समयमा भएको हो जुनबेला अहिले जस्तो नियम कानून, पुलिस र सिपाही जस्ता संरचनाहरु थिएनन् । त्यति बेला यसको निर्माण मानिसलाई सामाजिक अनुशासनमा राख्न भएको थियो नकी अहिले जस्तो तेरो धर्म ठुलो र मेरो धर्म ठुलो भनेर एक अर्कामा घ्रिणा गर्न । म हिन्दू धर्ममा हुर्किएको मान्छे तर हिन्दू धर्ममा बर्णन गरिए जस्तै तेतिसकोटी देवीदेवतामा विश्वास गर्दिन । तर पनि संसार चलाऊने त्यस्तो कुनै पनि शक्ति छैन भन्नु अघि जव म भौतिक विज्ञानको मुख हेर्छु यो प्रश्नमा उसलाई अत्यन्त निरिह पाउछु । स्टेफिन हकिम्सका थुप्रै ग्रन्थ पढिसके तर पनि चित्तबुझ्दैन । हरेक कुराको पछाडि कारण खोज्ने भौतिकवाद भन्छ 'Creation come form nothing' अलि पत्याउन गार्हो हुन्छ । राछसले भने जस्तै मैले पनि भगवान छन् भन्ने कुरा प्रमाणित गर्नको लागि पनि आफ्नो आशाको त्यान्द्रो बचाइ राख्न भगवान मान्छु ।
Read Full Discussion Thread for this article