Posted by: nepcha1 October 23, 2011
बाबुराम भट्टराईको मितव्ययीता
Login in to Rate this Post:     0       ?        
 बोलीमा मितव्ययी, व्यवहारमा अपव्ययी
 
विडम्बना त के भने दोस्रो जनआन्दोलनको सफलतापछिका चार जना प्रधानमन्त्रीलाई समेत उछिन्दै छन् प्रधानमन्त्री भट्टराई राज्यकोषको दुरूपयोगमा । उनको सचिवालयमा गरएिका नियुक्ति र नियुक्तहरूलाई दिइएको तलबभत्ता तथा पारश्रिमिकले यस्तै तथ्य देखाउँछ । भट्टराईले आफ्नो सचिवालयमा पार्टी कार्यकर्ताको ठूलै हूल भर्ती गरेका छन् । माथिल्लो पदमा समेत गरी जम्मा वितरण हुने तलब उनका पूर्ववर्ती प्रधानमन्त्रीहरूको भन्दा चार गुणा बढी छ । 
 
उनको सचिवालयमा भर्ना गरएिकाहरूको तलबभत्तामा मात्रै लोकतन्त्रपछिको पहिलो सरकारको भन्दा वाषिर्क ७५ लाख रुपियाँ बढी बेहोर्नुपरेको प्रधानमन्त्री कार्यालयको लेखा तथ्यांकले देखाएको छ । तत्कालीन प्रधानमन्त्री गिरजिाप्रसाद कोइरालाले आफ्नो सचिवालयका लागि एक वर्षमा २७ लाख ३५ हजार ९ सय ८० रुपियाँ खर्च गरेका थिए । भट्टराईको सचिवालयको वाषिर्क खर्च करबाहेक नै १ करोड ९ लाख ८० हजार देखिएको छ ।
 
प्रधानमन्त्रीको निजी सचिवालयका एक अधिकृतका अनुसार सचिवालयमा नियुक्तिको क्रम अन्त्य भइसकेको छैन । अरू प्रधानमन्त्रीहरूजस्तो जनसम्पर्क सल्लाहकार र वरष्िठ विज्ञजस्ता पदहरूमा पनि नियुक्ति हुन बाँकी नै छ ।
 
http://www.ekantipur.com/nepal/article/?id=2883
Read Full Discussion Thread for this article