Posted by: thito1 October 22, 2011
आखिर म को हु त ???
Login in to Rate this Post:     1       ?         Liked by
 आखिर को हु ???

 

उदौउदै गरेको सूर्यलाई हेरेर मस्त हुदै

बिहानीको शितलतालाइ अंगाल्न खोज्ने

अस्ताउदै गरेको सूर्यलाई देखेर सुस्त हुदै

गोधुलीको एकान्तमा सम्झनाका लहरहरु संगाल्न खोज्ने

मा एउटा सामान्य जिन्दगि खोजि गर्दै हिड्ने

सामान्य यात्री हु जस्तो लाग्छ |

कहिलेकाही फर्केर हेर्छु अतीतलाई

कहिलेकाही तर्केर नियाल्न खोज्छु भबिस्यलाइ

अतित भबिस्यको चेपमा मेरो बर्तमान हराउछ

अनि हराएको बर्तमानलाई फर्काउन

कईयैन पहाडहरु चढन खोज्छु , यात्रामा लम्कंछु

तर मैले खोजेको अनि मैले रोजेको बर्तमान कहिल्यै आउदैन

तेही बर्तमानको खोजीमा भोइतारिदै हिड्ने

एउटा आधारहीन सपना हु जस्तो लाग्छ |

आखिर को हु ????

फूलबारीमा फूलहरुसंग खेलेको पनि छु

आशाका रंगिन किरणहरु साथि बनाएर डुलेको पनि छु

कहिलेकाही

सुन्दर सुनौलो बिहानिहरुमा रमाउने

भरपुर आशाका किरणहरुसंगै बाँचिरहने

एउटा सफलताको कथा हु जस्तो लाग्छ

आखिर को हु ???

Read Full Discussion Thread for this article