Posted by: kanchu! October 22, 2011
Dr.Bhattarai's actions -see again.
Login in to Rate this Post:     0       ?        
What pro indian congress did not do, what makune did not do, what panche did not do, who did it? new lendup dorje.what he got in return, nothing but loan . what a deal lendup. lukera baseka baburam ka samarthak haru vittama gayera tauko thoknos aba afno..

माओवादी र भारतबीचको आशंका मेट्न सफल भएँ: भट्टराई

बिपाभन्दा राष्ट्रवादी सम्झौता अहिले सम्भव छैन

 

५ कार्तिक, काठमाडौं । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफ्नो भारत भ्रमण सफल भएको बताउनु भएको छ । शनिबार आफू बसेको होटल लिला प्यालेसमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री डा. भट्टराईले भन्नुभयो-’सम्वन्ध सुधार्न, विगतमा भएका आशंका निवरण गर्न यो भ्रमण असाध्यै महत्वपूर्ण र सफल रहृयो । विश्वासको वातावरण निर्माण महत्वपूर्ण आधार तयार भयो ।’

सीमा लगायतका सबै विषयमा खुलस्त छलफल भएको भन्दै उहाँले दुई देशबीच उत्पन्न समस्या समाधानका लागि उच्चस्तरिय संयन्त्र गठन गर्ने सहमति भएको जानकारी दिनुभयो । उहाँले सीमा समस्या समाधानका लागि यसअघि गठित समितिलाई सक्रिया पारिने समेत जानकारी दिनुभयो ।

भारतीय प्रधानमन्त्री मनमोहन सिंहसँगको भेटवार्ता निकै फलदायी भएको भन्दै उहाँले आफ्नो भ्रमणले नेपाल र भारतबीचको सम्वन्धलाई नयाँ आयाम दिएको समेत दावी गर्नुभयो । आफ्नो भ्रमण माओवादी र भारतबीचको आशंका मेट्न पनि सफल भएको बताउनु भयो । ‘हाम्रो पार्टीको विषयमा कतिपय शंकाहरु हुनु स्वभाविक थियो । मैले प्रत्यक्ष भेटेर त्यसलाई निबारण गर्न धेरै हदसम्म सफल भए भन्ने मलाई लाग्छ’ उहाँले भन्नुभयो-’प्रधानमन्त्री मनमोहन सिंहसँग जुन सौहर्दपूर्ण वातावरणमा कुराकानी भयो यसले माओवादीप्रति अन्तरकुन्तरमा कुनै आशंका थिए भने त्यो पनि अब रहेन । माओवादी नितान्त राजनितिक शक्ति हो भन्ने विश्वास सबैलाई परेको मैले अनुभुती गरेँ ।’

कनेपाल र भारतबीच भएको द्धिपक्षीय लगानी संरक्षणसम्बन्धी -बिपा) सम्झौता राष्ट्रहितमा रहेको भन्दै उहाँले यसले नेपालमा आर्थिक विकासको ढोका खोलेको दावी गर्नुभयो । ‘यो यसमा कुनै राष्ट्रघात छैन । यो भन्दा राष्ट्रवादी र राष्ट्रहितको सम्झौता अहिले सम्भव छैन’ उहाँले भन्नुभयो-’यसले नेपाली अर्थतन्त्रलाई ठूलो कायापलट गर्न मदत गर्छ ।’ नेपालमा बहुदलदीय व्यवस्था राम्रोसँग स्थापिवत नभइसकेकाले विरोधका लागि विरोधको राजनीतिक गर्ने संस्कार रहेको भन्दै उहाँले त्यसकै परिणम स्वरुप बिपा सम्झौतालाई राष्ट्रघाती भनेर विरोध गरेको आरोप लगाउनुभयो ।

प्रधानमन्त्री डा. भट्टराईले नेपाल र भारतबीच बाराको निजगढमा अन्तराष्ट्रिय विमानस्थल निर्माण, राजधानीलाई तराईसँग जोड्ने फस्ट ट्रक निर्माण, नेपालको बढ्दो ब्यापार घाटा कम गर्ने लगायतका विषयमा समझदारी भएको भन्दै त्यसलाई कार्यान्वयन गर्दै लगिने बताउनु भयो ।

शान्ति प्रक्रियाबारे सोधिएको प्रश्नमा भट्टराई यो नेपालको आन्तरिक विषय भएको बताउनु भयो । ‘शान्ति प्रक्रिया आन्तरिक विषय हो । यो विषय दलहरुको सहमति अघि बढ्दै आएको छ’ उहाँले भन्नुभयो-’यसमा अन्तराष्ट्रिय सद्भाव चाहिन्छ ।’


Read Full Discussion Thread for this article