Posted by: HairyBicep October 20, 2011
This picture touched me....
Login in to Rate this Post:     0       ?        
 Poonte ले भन्न खोज्नु भएको कुरामा एउटा उदाहरण दिन मन लाग्यो। झण्डै १५ बर्ष अघि पाकिस्तानको कराँचीमा ट्रान्जिट बस्दै नेपाल हिंडेको बेलामा एक जथ्था नेपाली हज यात्रीहरुसँग भेट भएको थियो। वहाँहरुले त्यो बखत PIA अथवा बंगलादेशी पिलेन प्रयोग गरेर साउदी अरब सम्मको यात्रा तय गर्नुहुँदो रहेछ। त्यतिबेला पनि ठ्याक्कै यस्तै भेषभुषामा धेरै नेपाली मुसलमानहरु मैले भेटेको थिएँ। 

तर दुर्भाग्य कतिखेर भयो भने वहाँहरुले हजयात्रीहरुलाई भनेर तोकिएको सुविधाहरु त्यो एयरपोर्टमा प्रयोग गर्न पाउनु भएन। पाकिस्तानी हज यात्रीहरु जो हजयात्रामा लगाउनुपर्ने Ihram तथा हिजाब लगाएर हिंडेका थिए उनीहरुलाई नै सच्चा हजयात्रीको व्यवहार गरिएको थियो। हुन पनि हो इस्लाममा हज यात्राको निम्ति dresscode तोकिएको छ। अनि एउटा मुसलमान हज गर्नको निम्ति जतिखेर घरबाट निस्किन्छ उसको यात्रा त्यतिखेर नै सुरु हुन्छ। मयलपोशमा सुसज्जित हाम्रा नेपाली मुसलमानहरुले जब साउदी अरबमा अथवा दोहामा पुगेपछि मयलपोश त्याग गर्नु नै छ भने आफ्नो हजयात्रालाई अहिले देखि नै कलंकित बनाउनु? 

दौरा सुरुवाल र ढाका टोपीले नेपालीपन जनाउने होइन। तर जुन वाहवाही यो फोटोले पाइरहेको छ, वहाँहरुले आफ्नो धर्म अनुसारको रिती पुर्‍याएको भयो ठ्याक्कै यसको अपोजिट भने हुन्थ्यो :/
Read Full Discussion Thread for this article