Posted by: Poonte October 20, 2011
Login in to Rate this Post:
2
?
Liked by
एउटा तस्बिर हेरेको भरमा वहाँ को भित्री मनसाय, उदेश्य के थियो भनेर किटान गर्न त उचित नहोला| अब, बुझाइ भनेको perceptions मा भर पर्छ, सबको आ-आफ्नै बुझाई, धारणा होलान्, मेल नखान पनि सक्छ| मेरो आफ्नो बुझाइमा चैं दुइटा snenarios हुन सक्छन यसमा...
१. वहाँले आफ्नै राजिखुशीले, रहर गरेर मयल पोश लगाउनु भएको हो भने...मेरो बिचारमा शायद हज जस्तो महान मुसलमान तीर्थमा जाने बेला मुसलमान भनेर चिनिने पहिरन नै उपयुक्त पो हुन्थ्यो कि? बरु, दशैको बेला (खस पर्व भएको नाताले), आफुले मनाउने नभए पनि, अन्य समुदायसंग एक्बद्यता जनाउन, साथी भाइहरुको दशैं उत्सवमा भाग लिने बेला मयल पोश ढल्काउँदा चैं उचित हुन्थ्यो होला, एक गैर-खस, गैर-हिन्दु लाइ| खैर, वहांको चाहना, वहांको रोजाई, मेरो त एक non-binding मन्तब्य मात्र|
२. भित्रि इच्छा नभए पनि, बाहिरी देखावटीको निमित्त...कोही "सच्चा नेपाली" भनाउँदाहरुको नजरमा आफु पनि एक नेपाली ठहरिन मयल पोश ढल्काउनु भएको पो हो कि? अब, मक्का पुगेसी पनि त्यहि मयल पोश लगाएर हिड्नु त हुन्न होला वहाँ शायद! यस्तो हो भने चैं, माथिको तस्बिरमा म वहांको सच्चा, मौलिक चिनारीमा अप्रत्याशित आक्रमण भएको बुझ्छु| वहाँ र अन्य मुसलमान नेपालीहरुको अस्तित्व माथि नै हमला हो त्यो| कसैको सिधै क्रुर दबाब त होइन होला शायद, तर अप्रत्याशित सामाजिक दबाब जरुर हो त्यो| जे लगाए पनि, जे बोले पनि, आफ्नो नेपाल प्रतिको भावना गहिरो छ भने स्व:स्फुर्त "म नेपाली हुँ" भनेर भन्न, चिनिन किन नपाउनु कसैले? त्यो त एक नपालीको मौलिक अधिकार हुनु पर्छ|
त्यसो हो भने, वहाँ संगै रहनु भएका अरु दुइटा महिलाहरु -- जसले बुर्का लगाउनु भएका छन् -- वहाँहरु चैं नेपाली हैनन त? कि मयल पोश लगाउनु भएको पुरुष भन्दा "कम नेपाली" ठान्ने हो वहाँहरुलाई?
भोली आएर लालु प्रसाद यादवले दौरा सुरुवाल ढल्काएर "जय नेपाल!" भन्द्यो भने वहाँलाई महान नेपाली भनेर खुट्टै ढोग्ने कुरा आउंदैन; न नारायण गोपाल जी को टाई सुट लगाउनु भएको फोटो देख्दा वहाँ त नेपाली होइन भन्न मिल्छ|
कुनै पनि नेपालीलाई आफु नेपाली हुँ भनेर चिनाउन बाहिरी देखावटीपन (पोशाक, भाषा, धर्म, आदि) मा आधारित "एकनासपन" को दबाब अन्यायपूर्ण हुन्छ| मैले थुप्रै पटक अरु थ्रेडहरुमा पनि भन्दै आएको छु, र यहाँ पनि दोहर्याऊंछु: राष्ट्रियता भनेको भावना हो| बाहिर देखिने पोशाक, सुनिने बोली, भाषा, गरिने चलन जस्ता सच्चा राष्ट्रियताको परिभाषामा अर्थहीन बुंदाहरु होइनन| नेपालको चिनारी अन्तर्राष्ट्रिय सिमा रेखाले कोरी दिएकै छ, अनि राष्ट्रिय झण्डाले ठोकी दिएकै छ| को कतिको राष्ट्रबादी नेपाली हो भनेर जोख्ने इकाई त क-कसले नेपालको निम्ति कतिको पसिना चुहाउन तत्पर छन्, र परि आएमा कतिको रगत दिन तयार छन् भन्ने तथ्याधार हो|