Posted by: Rahuldai October 19, 2011
This picture touched me....
Login in to Rate this Post:     1       ?         Liked by
ईस्लाम धर्म मान्नेहरु न पहाडी हुन्छन् न मधिसे , न नेवार । जहाँ सम्मा मलाई लाग्छ नेपाल मा रत्न मल्ल को पालामा पर्सियाबाट केही मुश्लिमहरुलाई झिकाइ बसोबास गराएका थिए । ईतिहासअका ज्ञाताहरुलाई अझ बढी थाहा होला नै । यसमानेमा मुश्लिमहरु प्राचिन नेपालकै बासिन्दा हुन।
 
ईन्द्रचोक मा पोते र चुरा को ब्यवसाय गर्नेहरु अद्यापी छदैछ । लामो दारी पालेका ईस्लाम धर्माबलम्बीहरुले लाउने टोपी लाएका ती नेपाली मुश्लिमहरुले नेवारी बोलिरहेका हुन्छन। क्षेत्रपाटी देखी ठमेल चोक बीच सयौं मुश्लिम धर्माबलम्बि हरु बसोअबास गर्छन्, नेवारी र नेपाली बरोबर बोल्छन जस्तो तैयब शाह ( कलाकार )। बागबजार पद्म कन्या क्याम्पस अगाडि सयौं मुश्लिमहरु बस्छन जसले नेवारी र नेपाली दुबै भाषा प्रयोग गर्छन् जस्तो जमिम शाह । नुवाकोटमा पनि उल्लेख्य सख्यामा ईस्लाम हरु बस्छन ।

यसमानेमा मुश्लिमहरु नेपाली संस्क्रिती र समाज को एउटा अभिन्न अंग हो । मक्का को पवित्र यात्रामा नेपाली राष्ट्रिय पोशाकमा  निस्केका ती ब्रिद्ध मुश्लिमहरु प्रती नतमस्तक छु । देशको प्रधानमन्त्रि टाइ सुट लगाएर अमेरिका आए, गए, भरे भारत जादैछन। मलाई डर लाग्छ कही हाम्रो पहिचान दौरा सुरुवाल नै प्रतिबन्धित त हुने हैन ??
Read Full Discussion Thread for this article