Posted by: Rakeshkc October 19, 2011
FISCAL CRIMINAL - PAWAN KUMAR KARKI
Login in to Rate this Post:     0       ?        

dear fiends

we should not be too cynical.There are still some good people left in the system.Anyway we should not let criminals walk with their head held high in the society.After reading this news criminals like pawan karki will find it difficult to sleep.

read Aarthik dainik.com.np, Abhiyan.com.np or nayapatrika.com

अमेरिकाद्वारा क्यापिटल मर्चेन्टका पवन कार्कीको फिङ्गर प्रिन्टमाग

आर्थिक संवाददाता

काठमाडौैं, कात्तिक १

नेपालमा वित्तीय अपराध गरेर आफ्नो देशमा बस्दै आएका क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स कम्पनीका पूर्वप्रबन्धक पवनकुमार कार्कीको फिङ्गर प्रिन्टउपलब्ध गराइदिन अमेरिकाले काठमाडौंस्थित दूतावासमार्फत नेपाल सरकारसँग आग्रह गरेको छ । 

केही समयअघि नेपाल सरकारले कार्कीलाई पक्राउ गरेर पठाइदिन अमेरिकास्थित दूतावासमार्फत अमेरिकी सरकारसँग आग्रह गरेको थियो । नेपालको आग्रहलाई स्वीकार गर्दै अमेरिकालेफिङ्गर प्रिन्टउपलब्ध गराइदिन पत्र पठाएको हो । अमेरिकाले पठाएको पत्र परराष्ट्र मन्त्रालय हुँदै अर्थ मन्त्रालयमा पुगेको छ । नेपालले फिङ्गर प्रिन्टउपलब्ध गराएपछि पहिचान गरेर अमेरिकाले पक्राउ गरेर कार्कीलाई नेपाल पठाउनेछ । अमेरिकाले फिङ्गर प्रिन्टनै मागेपछि कार्कीलाई नेपाल पठाउने करिब निश्चित भएको राष्ट्र बैंकका एक अधिकारीले जानकारी दिए । 

कार्कीले १ अर्ब ४७ करोड ४९ लाख ७५ हजार रुपैयाँ ठगी गरेर नेपालबाट भागेर अमेरिका गई बसेका छन् । प्रहरीले क्यापिटलका संस्थापक अमिरजंग खड्कालाई गत असार १३ गते, सेयरधनी जानुका केसीलाई १४ गते र भरतराज पौडेललाई भदौ ४ गते पक्राउ गरेको थियो । उनीहरु साधारण तारेखमा रिहा भइसकेका छन् । तत्कालीन अध्यक्ष विज्ञानप्रसाद पौडेल, वरिष्ठ अधिकृत मनोज खनाल, राजु कार्की र हरिहर खड्का भने पुर्पक्षका लागि थुनामा छन् । उक्त वित्तीय अपराधमा प्रमुख हात पवनकुमारको देखिएपछि नेपाल राष्ट्र बैंकको अनुरोधमा अर्थले अमेरिकीसरकारसँग उनलाई पक्राउ गरेर पठाइदिन आग्रह गरेको हो । 


Read Full Discussion Thread for this article