Posted by: _____ October 16, 2011
दशहजार मधेसीलाई नेपाली सेनामा भर्ना लिनु कति सान्धर्विक छ ?
Login in to Rate this Post:     0       ?        
 किशोर जी

मैले भनेको कुरा तपैले अर्कै तरिका ले लिन भो क्या तेसकारण यो स्पस्टिकरण दिदै छु

पुर्खा को नाम नबेचौ, ने

यो भन्न खोजेको के भने अमेरिका मा पनि नेपाल एकीकरण कै बेला George  Washington ले ब्रिटिश लै हराएको थियो. त्यो बेला पनि अमेरिकन जेनेरल हरुले युध्ह गरेर अंग्रेज  लै हराएका थ्यिए. नेपाल एकीकरण र अमेरिकी क्रान्ति लगभग एकै समए मा भाको थ्यो. तर न George  Washington  का   सन्तान, न त्यो  बेला क्रान्ति मा अंग्रेज लाई हराउने बहादुर योध्हा बंसज हरु अथवा तिनीहरुका surname (family name) भएका हरु हामी येस्तो हामि उस्तो भन्दै पाखुरा सुरकौदै, अरुलाई दोस दिदै आएका छन्, कतिपये को त अत्तो पत्तो पनि छैन. तर अम्रिकन इतिहास  मा ति बिर योध्हा हरु लै सधै आदर को भाब ले हेरिन्छ. तिनीहरु का  सन्तान अथवा उस्तै surname (family name) भएका हरु अमेरिकी सेना मा हामीलाई मात्र भर्ना लिन पर्छ, हामी अंग्रेज लाई हराउने बहादुर हौ भनेर आको पनि पैदैन.

तर नेपाल मा चाही युध्ह हार्ने  हरु अरुलाई दोष दिन्छन, बराजु जिजु बराजुले नेपाल एकीकरण मा ठुलो भूमिका खेलेको भएर अहिले को नेपाल मा पनि ठुलो भाग चाहियो भन्छन अझ तेती ले मात्र नपुगेर तेस्तै  surname (family name) भएका हरु आफु लै अझै पनि बिर नै ठान्छन

भारत मा  महात्मा गान्धी को सन्तान साधारण छन् तर नेहेरु का सन्तान ले राजनीति कब्जा गरेर भारत को बेहाल बनाए. महात्मा गान्धी का  सन्तान ले म महात्मा गान्धी को सन्तान हु मलाई भाग चाहियो भनेर अथवा मेरो बाबु  ले नै गरेर इंडिया को नाम चलेको हो भनेर अरुलाई होच्याको देखेको छैन. चीन मा माओत्से टुंग का सन्तान कहाँ छन् कहाँ, भाग खोज्न गको छैनाँ .

देंग तसो पिंग जसले नीति ले गर्दा चिन यहाँ सम्म पुग्न सफल भो, का सन्तान ले ठुलो पोस्ट मागेको थाहा छैन. घमण्ड गरेर अरुलाई होच्याएको मेडिया मा आको  छैन.

तर नेपाली हरु भने २००-२५० वर्ष अगाडीका कुरा लाई लिएर अहिले सम्म पनि हामि हरु येस्तो हामि हरु उस्तो भनेर, अरुलाई होच्याएर आत्मा सन्तुस्टी गर्ने हरु टन्न छन. मानौ  उनीहरु कै बाजे बराजु ले गरेको जस्तो. Surname (family name) मिल्यो कि त आफु नै तिनीहरुका का उत्तराधिकारी जस्तो त्यो नाम बेचेको भएन त?

अरुलाई होचायेरा अफ्नो पुर्खाको आदर हुन्छ? अरुलाई दोष दिएर अफ्नो पुर्खा को आदर हुन्छ. त्यो पनि surname (family name) मिलेकै भर मा.

पूर्व मेची देखि पश्चिम महाकाली सम्म का  मधेसी हरुमा, ब्राम्हण, छेत्री (राजपुत)) पनि पर्छन, यादब, मण्डल सबै पर्छन...

त्यो भन्न खोज्या के  भने हेर्नुस न नालापानी जी ले पोस्ट गर्नु भएको टेबल मा,  अब तराई का सिंह छन् नि ( जस्तै राम राजा प्रसाद सिंह) तिनी हरु पनि नेपाली सेना मा छन तर त्यो surname त्यो टेबल  मा छैन, तिनी हरु कि त अन्य समूह मा राखिएका छन कि त छेत्री  समूह मा, तेस्तै झा छन् नि तराई कै ब्राम्हण हरु, तिनी हरु पनि छन् नेपाली सेना मा, अब तिनी हरु लाई त्यो टेबलमा कि त अन्य मा राखेको हुनु पर्छ  कि त ब्राम्हण मा, त्यो के मा राखेको छ अब नेपाली सेना ले भन्ने कुरा.

अब नेपाली सेना मा भर्ना लिदा मधेसी बाहुन (उदाहरण को लागि झा), मधेसी छेत्री (उदाहरण को लागि सिंह) पनि परि हाल्छन होइन त भन्या? अब पूर्व मेची देखि पश्चिम  महाकाली सम्म का मधेसी बाहुन र मधेसी छेत्री हरु परिहाल्छन नि.

अब मधेस मै सेयु वर्ष देखि बसेको भए पनि पहाडी surname भएका हरु लाई मधेसी हरुले मधेसी मंदैनान  भन्या, त्यो त ब्यहबरी रुप  मै देखिएको छ नि, जस्तै  कोइराला हरु बिराटनगरमा धेरै पहिला देखि बसेका  छन् तर तिनीहरुलाई मधेसी ले मधेसी मान्दैनन्, मानेको भए त अहिले सम्म धेरै मधेसी हरु प्रधान मन्त्रि भै सकेको मानिनु पर्ने होइन?

मधेसी भनेको कुनै जात होइन त्यो त निश्चित surname भएका हरु जो नेपाल को दखिन तिर बस्छन. तिनी हरु धेरै जसो हिन्दु भाको हुनाले बाहुन छेत्री आदि हुने भै हाले अब त्यो पनि के confusion ?

...आफ्नो अहंकारको को बिज्ञापन गर्न ....आफ्नै औकात थाहा ाउनु भएछ ्यारे फर्कनु भा छैन

त्यो तपैलाई भन्या होइन क्या अर्कै एकजना विद्वान साथी लाई  जिस्काको मैले तेसो भनेर, अब अरुलाई भन्या कुरा पनि आफै लाई  भन्या ठान्नु हुदैन किशोर जी

अब नेपाली सेना को कुरा गरि हाल्नु भो केहि भनम है ?

नेपाली सेना को युध्ह रणनीति के हो भने कसै गरि कुनै देश ले आक्रमण गर्यो भने कम्ति मा ३ दिन र बढी मा एक महिना सम्म दुश्मन लै अल्झाई रहने. तेस्पची मित्र देश सहयोग को लागि औछां भन्ने हो. अर्थात् भारत ले आक्रमण गर्यो भने जति सुकै ठुलो आक्रमण  गरेपनि कम्ति मा ३ दिन र बढी मा एक महिने भारतीये सेना लै अल्झाउने तेस्पची कि त चिन  कि त अन्य अन्तारस्त्रिये  सक्ति जस्तै अमेरिका सहयोग को लागि आउछ  भन्ने हो. तेती भएन जनता  ले भारतीये  संग छापामार युध्ह गर्छन र सेना पनि तेस्मा मिसिने भन्ने हो. नेपाली सेना संग त्यो बह्न्दा बढी युध्ह लड्न गोलि नै छैन. सेना संग बन्दुक र गोलि त हुनु पर्यो नि लड्न लाई.

अब दुस्मन को सक्ति को, बुध्ही को analysis  नै नगरी खाली हामी बहादुर हौ जित्छाम  भनेर जादा अंग्रेज संग हारेको जस्तै हार्न पर्ने हुन्छ,

बहादुर सेना...

Wikileaks  ले लास्ट तिर नेपाली सेना संग पर्याप्त गोलि थिएन भन्छ तैअपनी नालापानी जी नेपाली सेना ले चाहे को भए येस्तो गर्न सक्थ्यो, उस्तो गर्न सक्थ्यो भन्नु हुन्छ, अब चाहेर मात्र हुने भए त म के के  चाहन्थे के के  

फलाम काट्न लाई फलाम हुनु पर्छ....

भन्न खोज्या के भने  शक्तिशाली संग लड्न आफु पनि शक्ति साली हुन पर्छ  बुद्दिमानी संग लड्दा आफु पनि बुद्दिमानी हुन पर्छ. अनी शक्ति र बुध्ही हाम्रा बराजु जिजु बराजु ले अंग्रेज संग लड्या थे भनेर आउने होइन.

Read Full Discussion Thread for this article