Posted by: kanchu! October 14, 2011
As expted, Sajha.com flagged me! Can't even post fair view here
Login in to Rate this Post:     0       ?        
Oh No No PM can not be held responsible for his ministers, there is no direct correction!...a loud whining comes  from a dr. bhattrai's supporter..will you shut up and accept the reality now?

 here are the bucket list for you

1. Salary and allowance increased from 5000 to 6500 thanks to his PhD.
2. Amnesty to criminals-like bal krishna dhungel thanks to your intelectual abiity.
3. Do nothing  when your defence minister touts on disintegration of the nationhood, thanks to your scholarly mind.
4. to hell with law and order, our party will stand by criminal minister prabhu shah and do nothing again, thanks to your incredible ability.
5. say nothing, when your wife asks for luxirious motor and give direction to secreateries of different ministries.

and amazing, when you are aksed to be accountable with some straight forward question- dodge that question by saying " tyeta tira najaun hola, tyo itihas ko mag re" lol..you do not believe me..listen his bbc interview with rabindra mishra.

and by the way who is your deputy- mr. gachhedar .yahoooo....and who else there j p gupta..yeppieee.. cheers go new nepal awesome..no?

btw, what happened to his 45 days comittment and resignation and all that...oh yeah yeah all these stupid oppositions did not let him do his job right?..blame blame..more blame..

hang on bucket list is not yet finished, to add to injuries to dr. bhattrai's supporter, here is one more for you, a weekend drink from me enjoy!

zero tolerance policy against crime, criminal and corruption continues but ULTO BATA

वन मन्त्रीको निर्देशनमा रक्तचन्दन तस्करलाई उन्मुक्ति

शेरबहादुर केसी, बुटवल, असोज २७- एक महिनाअघि भैरहवामा समातिएको रक्तचन्दनको मुद्दामा रुपन्देही जिल्ला वन कार्यालयले वन मन्त्री मोहमद वकिल मुसलमानको निर्देशनमा खास तस्करलाई उन्मुक्ति दिएर भरियालाई फसाउने गरी रुपन्देही जिल्ला अदालतमा मुद्दा दायर गरेको छ।

रुपन्देही जिल्ला वन कार्यालयले रक्तचन्दन तस्करीमा संलग्न रुपन्देहीको बेलहियाका सुरेन्द्र जयसवाल र हरिषचन्द्र गुप्तालाई उन्मुक्ति दिन लागेको हो। फोरम लोकतान्त्रिकका जिल्ला सचिव सन्तोष पाण्डेले हरिषचन्द्रलाई लिएर काठमाडौं गई वन मन्त्रीलाई भेटाएपछि मन्त्री मोहमद वकिलले जिल्ला वन अधिकृत शिव वाग्लेलाई आवश्यक सहयोग गर्न भन्दै मुद्दालाई कमजोर बनाउन निर्देशन दिएको स्रोतको दाबी छ। 

वन मन्त्रीको निर्देशनपछि गाडी भाडाको लोभमा खुर्सानी भनेर रक्तचन्दन बोकेका जीपका चालक गोरखपुरका अलाउद्दिन साह, मोहम्मद कलाम र राजु गुप्तालाई प्रष्ट किटान गरी अन्यको हकमा पछि नाम थर र प्रमाण पेश गर्ने गरी वन कार्यालयले रुपन्देही जिल्ला अदालतमा मुद्दा दायर गरेको छ।

‘प्रहरीले गाडीसहित बुझाएका तीन जनाको आवश्यक प्रमाण पुग्छ, अन्यको हकमा नाम थर र ठेगाना नखुलेकाले खुलेपछि पेश गर्ने तथा कानुनबमोजिम हुनेगरी मुद्दा दायर गरिएको छ– रुपन्देही जिल्लाका प्रमुख वन अधिकृत शिव वाग्लेले नागरिकलाई बताए।

प्रहरी स्रोतका अनुसार ५ सय ७८ किलो रक्तचन्दनसहित भदौ २४ गते पक्राउ परेका तीन व्यक्ति र गाडी एवम् अनुसन्धानमा खुलेको आवश्यक प्रमाण बुझाएपछि  वन कार्यालयले प्रहरीले बेलहियाका सुरेन्द्र जयसवाल र हरिषचन्द्र गुप्तालाई पक्राउ गरी पेश गर्न आग्रह गर्दै पत्राचार गरेको थियो। प्रष्ट किटान गरी पक्राउ गर्न आग्रह गरेको वन कार्यालयको पछिल्लो रवैया देखेर प्रहरी अधिकारी आश्चर्यचकित भएका छन्।

रक्तचन्दन तस्करीमा सुरेन्द्र र हरिषचन्द्रको संलग्नता भएको प्रयाप्त प्रमाण फेला परेको रुपन्देहीका एसपी रवीन्द्र रेग्मीले नागरिकलाई बताए। ‘पक्राउ परेकाको बयान र पक्राउ परेका व्यक्तिसँग' सुरेन्द्र र हरिषचन्द्रको टेलिफोन सम्पर्कलगायत् पर्याप्त प्रमाण पाइएका छन्– उनले भने। ‘वन कार्यालयले किन त्यसो गरी मुद्दा दायर गर्‍यो, वन कार्यालयलाई नै सोध्नुस्'– उनले भने।

हरिषचन्द्र र सुरेन्द्र बेलहियामा बसेर विभिन्नखालका तस्करीमा संलग्न व्यक्ति हुन्। एक महिनाअघि प्रहरीले बेलहियाबाट हरिषचन्द्रको १ सय ८३ बोरा चामल बरामद गरेको थियो। चामलभित्र रक्तचन्दन आएको सुराकीका आधारमा  छापा मारेको प्रहरीले प्रज्ञापनविनाको चामल बरामद गरेको थियो। चामल छुटाउन दबाब दिएको हरिषचन्द्र र सुरेन्द्र समूहले प्रहरीले नमानेपछि एसपी रवीन्द्र रेग्मीलाई सरुवाको धम्की दिएका थिए। स्रोतका अनुसार उनीहरुले फोरम जिल्ला नेतृत्वसँग रेग्मीको सरुवा भए २० लाख रुपियाँ खर्च गर्ने प्रस्ताव गरेका थिए। यो घटना लगत्तै उनीहरुको रक्तचन्दन बरामद भएको थियो।

रक्तचन्दन बरामद भएलगत्तै फरार भएका हरिषचन्द्रगुप्ता र सुरेन्द्र जयसवाल वन कार्यालयले मुद्दा कमजोर बनाएर अदालतमा पेश गरेपछि पुनः भैरहवामा आएका छन्।   

प्रहरीले भदौ २३ गते  हरियो खुर्सानी बोकेको गाडी चेकजाँच गर्दा भैरहवाको सभा हलनजिकै खुर्सानीभित्र रक्तचन्दन फेला पारेको थियो। प्रहरीले गोरखपुरबाट काठमाडौंसम्मको गाडीको अन्य खर्चबाहेक गाडी चालकले १४ हजार पाउने गरी रक्तचन्दन बोकेको पाइएको बताएको छ।

पिकअप जीपको बाहिरी भागमा हरियो खुर्सानी लोड गरेर भित्रपट्टि  १० वटा जुटका बोरामा प्याकिङ गरेर रक्तचन्दन राखिएको अवस्थामा रक्तचन्दन बरामद भएको थियो।

Oh No No PM can not be held responsible for his ministers, there is no direct correction!.cry cry cry..whine whine whine..snob snob snob..




Read Full Discussion Thread for this article