Posted by: collegefootballrocks October 14, 2011
As expted, Sajha.com flagged me! Can't even post fair view here
Login in to Rate this Post:     2       ?         Liked by
 

‘मन्त्रीलाई नपोल्न’ आठ लाख घुस

 

1
 

२६ असोज । काशीनाथ तिवारी हत्या प्ररणमा भूमिसुधार तथा व्यवस्थामन्त्री प्रभु साहलाई उम्काउन एक बहालवाला विशिष्ठ श्रेणीका अधिकृतको मध्यस्थतामा आफूलाई आर्थिक प्रलोभन दिइएको पीडित परिवारले दाबी गरेको छ ।

आरोपी मन्त्रीकै मन्त्रालयका सह-सचिव नगेन्द्र झाले नयाँ बानेश्वरस्थित निवासमा मंगलबार बिहान बोलाएर आठ लाख रुपैयाँ दिँदै किटानी जोहरी फिर्ता लिन सहमत गराउन खोजेको तिवारीपत्नी बबितादेवीले बुधबार खुलासा गरिन् । आजको नागरिक दैनिकको प्रथम पृष्ठमा छापिएको समाचारमा लेखिएको छ, झाले उक्त रकम व्यक्तिगत सहयोगो नाममा थमाउँदै बाँकी कुरा मिलाउन मंगलबार दिउँसो प्रध्ानमन्त्री बाबुराम भट्टराईलाई भेटाउन खोजेको उनले सञ्चार माध्यमलाई बताइन् । झा गत वर्ष तिवारीको हत्या हुँदा पर्साका प्रमुख जिल्ला अधिकारी थिए ।

झाले प्रधानमन्त्री कहाँ पुर्‍याएर झोली भरेर पठाइदिने आश्वासन दिएको बबिताले बताइन् । ‘मात्रै तिमीहरुले हत्यारा चिनेको छैन भन्दै भनिदिनुपर्‍यो’, उनले भनिन्, ‘त्यसपछि २४ घण्टाभित्र वीरगञ्ज मालपोतमा जागिर, तिवारीलाई सहिद घोषणा र बच्चाहरुको भरणपोषणको व्यवस्था हुन्छ । जे माग्यो त्यही पाइन्छ ।’ आफूहरुलाई भावुक बनाएर आठ लाख रपैयाँ थमाएको मृतकका दाजु प्रयाग तिवारीले बताए ।
 

पर्शुराम बस्नेतले एउटा पत्रकार कुटेको अपुस्ट समचारकै आधारमा पत्रकार,बुद्दीजिबीहरुको सडक आन्दोलन देखी फेसबुक सन्जालका कोठे क्रान्तिकारीहरु र बुद्दीजिबिहरुले पनि आफ्नो हरेक स्टाटस्हरुमा पर्शुरामकै नाम भजाएर बेमौसमको रत्यौली नाच्नै नाचे।

थाहा छैन त्यो बेमौसमी नाच्मा कस्ले कती दक्षीणा दान गरे कस्को खल्ती कती भरियो??त्यो उनिहरु नै जानुन।


 

तर काशी तिवारीको हत्या बर्तमान भुमीसुधार मन्त्री प्रभु शाहक…ै निर्देशन बमोजिम भएको थियो भन्ने हत्यामा सङ्लग्न एउटा आरोपित् ब्याग्तीले बयान दिदा पनि सोधपुछ नै नगरी उन्मुक्ती पाउदा पनि हाम्रा पत्रकार,बुद्दिजिबी अनी फेसबुक का स्टाटस्बीदहरु नबोलेको हेर्दा अचम्म लाग्छ।


धन्य प्रधानमन्त्री ज्यू, ४५ दिनमा शान्ति र संविधानका पक्ष्मा ठोस पहल पनि गर्न नसक्ने, तराइका 25 जिल्ला टुत्रmउनु पने अभिव्यत्तmि दिने मन्त्री कै प्रतिरक्षा गने, काशीनाथको हत्या योजनाका मतियारको आरोप लागेका मन्त्री प्रभु साहलाइ नपोल्न दिइएको ८ लाख रूपैयाँ कै विटा सार्वजनिक र अमन कुशवाहाले अदालत मै साविती वयान दिदाँ पनि पनि मन्त्रीमाथि कारवाही नभएपछि अब के फेरि गुँदपाक, राजमार्गका होटल र पेट्रोलपम्पमै मारिने छापा र छड्‍केबाटै नयाँ नेपाल बन्ला त ? अनि अब न्याय नपाए कहाँ जाने ? गोर्खाली प्रधामन्त्रीले नसक्ने भएपछि ?

 


 




 

Read Full Discussion Thread for this article