Posted by: Geology Tiger October 13, 2011
As expted, Sajha.com flagged me! Can't even post fair view here
Login in to Rate this Post:     1       ?         Liked by
मैले साझा चलाएको धेरै भएको छैन, पुगनपुग पाँच बर्ष मात्रै भयो...

१. थोरै समय प्रयोग गरे पनि मैले के अनुभव गरेको छु भने साझाले यसको प्रयोगकर्ताहरुलाई जुन बेनामी मुकुन्डो प्रदान गरेकोछ, कतिपयले त यसलाई रचनात्मक र स्वच्छ मनोरन्जनकै लागि प्रयोग गरेका छन् कतिपयले चाँही आफ्नो दिमागमा रहेको संकुचित र कलुषित भावनाहरुलाई उतारेर मुकुन्डो भित्र रहेको आफ्नो असली रुप देखाउनमा प्रयोग गरेका छन् । शुरुको दिनमा म पनि त्यस्तै थिए, अरुलाई मनपरी गाली गरेर कैयौ चोटि सान दाईको वक्रदृष्टीमा पनि परे । तर विस्तारै मैले कुरा बुझे, साझाले आफ्नो देश छोडेर विदेशमा रहेको हामी नेपालीहरुलाई दिएको अवसरलाई पनि बुझे र आफूलाई सुधार्ने प्रयासमा लागे ।

२. राजावादी हुन् कि, कांग्रेसी हुन् कि जे सुकैवादी होउन् मकले कान्छा, पोलिना दिदी लगायतकाहरु केही समय अघि साझामा माओवादीको कट्टर विरोधीको रुपम एकाएक देखापरे । विशेष गरेर बाबुराम भट्टराईको अमेरिका भ्रमणको मौका पारेर उनीलाई कालो झन्डा देखाउने अभियानको प्रचार प्रसारको लागि यो समूहले साझामा आफ्नो विचार मात्र प्रकट गर्न खोजेन, साझालाई आफ्नो अनुकुल प्रयोग गर्न खोज्यो । जुन कुरा साझाको निष्पक्ष छबिको प्रशंसा गर्दै यसलाई प्रयोग गरिरहेका व्यक्तिहरुलाई मनपरेन ।  

३. म लगायतका साझाका केही प्रयोगकर्ताहरुले भन्यौ "जे भए पनि देशको प्रधानमन्त्री हो विदेशमा आएको बेला किन कालो झन्डा देखाउनु? माओवादी जनयुद्दमा भएको अपराधको दोषीलाई छोड्ने कुरा होइन तर कालो झन्डा देखाएर नै उनीहरुले गरेको अपराधको सजाय दिलाउन सकिने पनि त होइन । बरु यसको लागि नेपाली जनतालाई सचेत र शिक्षित बनाउनुपर्छ र यिनिहरुको जनाधारलाई कामजोर बनाएर कानूनी दायरामा ल्याउनुपर्छ ।" त्यति भन्नु के थियो, हामी सबैलाई आतंककारी समर्थकको बिल्ला लागिहाल्यो । कान्छु जस्ता जानिफकारको लागि म आतंककारीको समर्थक र लालबुज्जक्कड साबित भए भने मकले कान्छा आदीको लागि त हामी सबै आतंककारी मात्र भएनौ, हाम्रो परिवारले समेत ज्यानै गुमाउनु पर्ने भयो ।

४. यो मकले कान्छा वर्गले कहिले बुझ्न चाहेन वा बुझ्न सकेन जसरी उनीहरुलाई साझामा बाबुराम भट्टराईलाई कालो झन्डा देखाउन जाउ भनेर लेख्ने अथवा प्रचार प्रसार गर्ने अधिकार छ, त्यतिकै अधिकार यो कुरा ठीक होइन भन्नेहरुलाई पनि छ र त्यति भनेकै र लेखेकै आधारमा तिनीहरुलाई आतंककारी समर्थकको बिल्ला भिराउने र परिवार सबै मरुन् भनेर सराप्ने कुरा तार्किक होइन । हामीले कहिल्यै माओवादीको हतियारधारी जत्थाले सोझासिधा र निहत्था नेपाली जनताको हत्या गरेको कुराको समर्थन गरेको छैन । व्यक्तिगत रुपमा मलाई त बाबुराम भट्टराइको सरकारले केही चमत्कार गर्छ भन्ने आशा पनि छैन र उनले हासिल गरेको विद्यावारिधि मार्क्सवाद र माओवादको चितामा जलेर भष्म भैसक्यो भन्ने मेरो ठहर छ । तर नराम्रो कुरा बाबुरामको बिरुद्द गरियोस् अथवा ज्ञानेन्द्रको बिरुद्द गरियोस् नराम्रै हुन्छ । राम्रो कुरा बाबुरामले गरुन् अथवा पारसले गरुन् त्यसलाई राम्रै भन्नुपर्छ । खै त बाबुराम भट्टराईको सरकारले प्रभु साह नामक हत्यारा मन्त्रीलाई आश्रय दिएको कुरालाई लिएर राम्रो गर्‍यो भनेर भनेका छैनौ, त्यो अवश्य पनि हिन कार्य नै हो ।

५. सानदाइले साझामा पटक पटक गर्ने आग्रह भनेको एक अर्का प्रतिको सम्मान हो । मकले कान्छाले माओवादीको समर्थकहरु सब मरुन् भन्दै र सबलाई गाली गर्दै एकै दिनमा कैयौ धागाहरु सिर्जना गरेपछि सानदाइले यस्तो नगर्न भनेकोमा पौलिना दिदी आदीबाट मकलेकान्छा केही नजान्ने लाटो हो भनेर बचाउ गर्दै जवाफ आयो । अहिले हामी सबैको अगाडि छर्लङ भयो कि मकले कति लाटो रहेछ भन्ने कुरा, बिचरा MITको लाटो रहेछ!!

६. अब सान दाइले "माओवादीलाई मन पराउने र भोट हाल्ने नेपाली जनताहरु पनि त छन्, के ती सबै आतंककारी भए त?" भनेर लेख्ने बित्तिकै सान दाइ पनि आतंककारीको समर्थकमा गनिनुभयो, गजबको तर्क छ मकले कान्छा एण्ड कम्पनीको!!! अझ सानदाइ माथि कानूनी कार्वाही सम्म हुनसक्ने धम्की! अचम्म त्यो हत्यारा आतंककारी बाबुराम भट्टराईसँग बसेर ओबामा बुढाबुढीले कसरी फोटो खिचाएछन् कुन्नी? कि अमेरिकाको नीती पनि मुख्य आतंककारीलाई केही नगर्ने उसका समर्थकहरुलाई मात्र कार्वाही गर्ने रहेछ कि? कान्तिपुरी साथीको कानूनी ज्ञानको पारेमा जान्दा हाँस्न बाहेक मैले केही गर्न सकिन ।

७. मकले कान्छा एन्ड कम्पनी आफूले आफूलाई हार्वड र MIT गएको भनेर त लेख्छन् तर कुन कुरा उदाहरण दिएर लेखेको हो र कुन कुरामा आफ्नो व्यक्तिगत धारणा दिएको हो भनेर पटक्कै बुझ्न सक्दैनन्, बर्मा गए पनि कर्मसँगै भने जस्तै र राहुलदाइले अर्को एउटा धागोमा नेपालीले जहाँ गए पनि आफ्नो बानी चाँही छोड्ने भएनन् भने जस्तै यिनिहरुले कहिल्यै आफूलाई सुधार्ने भएनन् । आँखा र कान दुबै बन्द गरेपछी कसको के लाग्छ?

८. सानदाइलाई एउटा अनुरोध त्यो वैरागी काइला भन्नेलाई प्रतिबन्धित गर्नुभएको छ भने फुक्का गरिदिनुस । हुन त फेसबूक प्रयोग गरेको पनि ठिकै होला तर बिचराले लेखेको कुरा अरुले पढ्छन् कि पढ्दैनन् भन्ने मात्र मेरो चिन्ता हो । what's in your bucket मा लेख्नेलाई चाँही प्रतिबन्धित गर्नुपर्छ भनेर उनले माग गरेका रहेछन् । उनलाई लागेको रहेछ नागरिकलाई प्रतिबन्धित गराउनमा मेरै हात छ । बैरगी जि मलाई नागरिकको कुरा मन नपरेकोसम्म चाँही ठीक हो तर कसलाई प्रतिबन्धित गर्ने कसलाई नगर्ने भन्ने कुराको निर्णय भने सान दाइले नै गर्नहुन्छ । न त मैले नागरिकलाई प्रतिबन्ध गर्नुपर्छ भनेर सानदाइ लाई सिफारिस गरे न त उसको धागोलाई रातो झन्डा देखाउने काम गरे । तर सानदाइले नागरिकलाई प्रतिबन्धित गरेकोमा चाँही मेरो पूर्ण समर्थन छ ।

९. पौलिना दिदी तमसोमा ज्योतिर्गमय, तर पहिलो बत्ती आफ्नै दिमागमा बाल्नुस् याद राख्नुहोला, संसार बदल्नु छ तर शुरुवात आँफैबाट गर्नुपर्छ ...खुला मन लिएर खुला आँखाले यो संसार हेर्नुस्, सबैकुरा छर्लङ हुन्छ । कालो चस्मा लगाएर हेर्यो भने सारा संसार कालो देखिन्छ । आफू भलो त जगत भलो ।

अस्तु 
Read Full Discussion Thread for this article