Posted by: GorkheCowboy October 13, 2011
Dr.Bhattarai's actions -see again.
Login in to Rate this Post:     0       ?        
 काठमाडौं, असोज २६ (नागरिक)- कङ्ग्रेस नेता रामशरण महतले प्रधान मन्त्री बाबुराम भट्टराईको सदाचारको जामा खुस्केको र उनी नाङ्गेझार भइसकेको दाबी गरेका छन्। सरकार गठनको ४५ दिन नपुग्दै उनले अपराधीको संरक्षण गरेको पनि बताए। 

संसदमा बोल्दै उनले यस्तो बताएका हुन। यो सरकारले अपराधीहरुलाई माफी दिने कार्यले उनीहरु झन् संरक्षित भइरहेको दाबी पनि गरे। हत्या काण्डमा भूमि सुधार मन्त्रीको संलग्नता भएको पुष्टि भइसकेको दाबी गर्दै उनले माओवादी प्रवक्ताले साहको बचाउ गर्नु ठीक नभएको धारणा पनि राखे। 

साहलाई हटाएर प्रधान मन्त्रीले स्पष्टीकरण दिनुपर्ने भनाई पनि महतको थियो। महतले देश टुक्राउन सक्ने अधिकार रक्षा मन्त्री शरदसिंह भण्डारीलाई कसले दियो भन्दै सोधे- उहाँ कसको आडमा यस्तो कुरा गर्दै हुनुहुन्छ। महतले सोधिरहे- रक्षा मन्त्रीको भनाईबारे प्रधान मन्त्री किन मौन ? स्वास्थ्य मन्त्रीले पैसा बाँडेकोबारे प्रधान मन्त्री किन बोल्दैनन् ? फैजान अहमद हत्याका अपराधी मलाई थाहा छ, तर हामी उनलाई पक्रन सक्दैनौं भनेर बिबिसीलाई अन्तर्वार्ता दिने प्रधान मन्त्रीले कसरी देश चलाउन सक्छन् ? प्रभु साहबारे प्रहरीले गरेको अनुसन्धान किन नमान्ने ? राजनीतीकरण कसले गरेको छ ? माओवादीले गरिरहेको छ। यस्तो नगरोस्।
Last edited: 13-Oct-11 11:12 AM
Read Full Discussion Thread for this article