Posted by: Myhealthynepalblog October 12, 2011
डाक्टर भगवान होइन। Doctor is not a GOD.
Login in to Rate this Post:     0       ?        
अस्पताल सम्वेदनशील क्षेत्र हो, तर यो नियम स्वास्थ्यकर्मीलाई मात्र लागु हुँदैन, विरामी र उसका आफन्तहरु पनि जिम्मेवारीपूर्ण तरिकाले प्रस्तुत हुनुपर्छ।

एक पल्ट छोएमै ठिक हुने, बोलेमै ठिक हुने भन्ने चाँही विरामीको डाक्टरप्रतिको विश्वास हो। त्यो विश्वासको हामीले सम्मान गर्नुपर्छ र डाक्टर र विरामीको सम्बन्धमा दुई पक्षिय विश्वास सबैभन्दा ठूलो कुरा हो। तर त्यो विश्वास 'डाक्टरले जेपनि गर्नसक्छ' भन्ने अन्धविश्वाससम्म पुग्न दिनुहुदैंन।

हामी डाक्टर र अन्य स्वास्थ्यकर्मीहरुमा पनि कमजोरी नभएको होइन। हामीमा पनि रिस छ, लोभ छ, पीडा छ, थकान छ, इर्श्या छ, प्रशंसाको भोक छ, एउटा मानिसमा हुने सबै खालका बानीहरु छन्, त्यसैले त हामी पनि मानिस हौं।

myhealthynepal.blogspot.com/2011/10/doctor-is-not-god.html
Read Full Discussion Thread for this article