Posted by: HairyBicep October 12, 2011
साझा बारे साझा सवाल
Login in to Rate this Post:     1       ?         Liked by
 rahulvai कतिपय कुराहरु बिर्सिन सकिन्न र बिर्सिनु पनि हुन्न। माओवादीहरुले जे जति उपद्रो मच्चाएर यहाँसम्म पुगे त्योपनि बिर्सिन सकिन्न। बाबुरामजी दुधले धोइएका मान्छे हुन् भन्ने तात्पर्य होइन। उनको विरोध हुनुहुँदैन भन्ने मनसाय पनि रहेको छैन, तर अहिलेको विरोध के को निम्ति? उनको लेखाजोखा गर्नको निम्ति त पहिले काम पनि गर्न दिनुपर्‍यो नि। अब होइन, माओवादीको तर्फबाट प्रधानमन्त्री हुँदैमा विरोध भएको हो भने त यो अलि ढिला भएन र? उनीहरु जंगलबाट सहर पस्ने बेलामा विरोध हुनुपर्ने, संविधान सभाको चुनावमा उम्मेदवारी दिँदा विरोध हुनुपर्ने, जित्दा विरोध हुनुपर्ने अनि गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्रीको भाग माओवादीले पड्काउने बेलामा विरोध हुनुपर्ने नि होइन? 

लोकप्रियता कमाउन बाबुरामजीले अपनाउनु भएका सस्ता चर्तिकलाहरु देखेर वहाँको तारिफ गरेको होइन। न त वहाँप्रति न त वहाँको पार्टीप्रति नै मलाई व्यक्तिगत लगाव छ तर अहिलेको अवस्थामा माकुने अथवा झल्लु अथवा अरु कोही जोकरहरु भन्दा यिनी सय गुणा ठिक होलान् भन्ने आशा मात्र पलाएको हो।

Read Full Discussion Thread for this article