Posted by: Rahuldai October 12, 2011
साझा बारे साझा सवाल
Login in to Rate this Post:     2       ?         Liked by

मित्रहरु को सालीन टिप्पणी प्रति अनुग्रही छु । साझा यस्तै स्वच्छ र स्वतन्त्र बिचार  राख्ने साझा मन्च हो।

डाक्टर साहेब प्रति आशा जाग्नु अस्वाभाबिक हैन तर डाक्टर साहेब बारे धेरै गहिरेर जान्नु आबश्यक छ जस्तो लाग्छ । जिन्दगीमा कहिलेइ दोस्रो न भको ब्यक्तीहरुमा ३ जना चिनेको छु । कृष्ण बहादुर मानन्धर (यस दुनियाँ मा हुनुहुन्न )। डाक्टर भट्टराई र अर्को एकजना मेरा नातेदार । एस् एल सी मा बोर्ड फस, इन्जिनियरिङ्ग मा कालेज टप, पी एच् डी , यसमाने मा डाक्टर साहेब को बौद्धिकता सँग कसैले चुनौती दिन सक्दैन र सदा आदरणिय रहनु हुने छ । तर, बन्दूक को नाल बाट सत्ता कब्जा गर्ने, आफ्नो बिचार  बाहेक अरुको बिचार  स्विकार नगर्ने माओवादी बिचार सँग सहमत् छैन । मान्छे स्वतन्त्र भएर बाँच्न पाउने हक छिन्ने, गुरु मुक्ती नाथ अधिकारिको हत्यामा रङिएको हात सँग बौद्धिकता बुचो भएको छ ।

शैलेन्द्र सिम्खडा को भनाइ सापटी लिने हो भने - मुस्ताङ चढेर सगरमाथा पुग्न सकिन्न, सगरमाथा चढ्न त हाम्रै अप्पा को हात समाउनु पर्छ । बाहिरी आवरण मा अनेक क्रिम पाउडर दले पनि भित्री रुप कुरुप छ भने त्यो धेरै दिन छेकिन्न । शान्ती प्रकृया ४५ दिन मा प्रगती भएन भने १ मिनेट बस्दिन भन्नु भाथ्यो। सिन्को न भचिदा नि प्रगती  भाको छ रे । आफुले मुस्ताङ चढे नि श्रीमतिले सरकारी बोलेरो माग्दा चुप लाग्दा त्यो त उहा को श्रीमतिले मागेको भन्न मिल्छ र ?
 
बाबुराम ब्यक्ती प्रधान मन्त्री भाको हैन, माओवादी पार्टी को संसदिय दल को नेता र पार्टी को उपाध्यक्ष प्रधान मन्त्री भएको हो। पार्टी को बिचार  र कार्यक्रम लिएर कुर्सिमा बस्नु भएको हो । यस अर्थमा माओवादी पार्टी सँग असहमत र डा भट्टराइ सँग सहमत् को कुरा अली चित्त अबुझ्दो भयो । सुधार घर भित्रबाटै गर्न सकिन्छ र गर्नु पर्दछ । राम हरी श्रेष्ठ को हत्यारालाई बढुवा गरी केन्द्रिय सद्स्यमा लाने पार्टिका प्रधानमन्त्रिले अझै बाटला फरार देख्नु हुन्छ भने उहाँ आँखा कम्जोर कि नियत ?? प्रभु शाहलाई उन्मुक्ती कसले दियो ? सरकारी वकिल ले ?? सरकारी वकिल ले भन्नु हुन्छ भने अल्पज्ञानी हुनु हुन्छ । माओवादी पार्टी कै वरिष्ठ नेता मुक्ती प्रधान महान्यायवक्ता । महानयायवक्ता संबिधानत प्रधानमन्त्रिका कानूनी सल्लाहकार । सरकारी वकिल तिनै सल्लाहकार अन्तर्गतको कारिन्दा । अब प्रभु शाह, आफ्नै क्याबिनेट को मन्त्री,आफ्नै पार्टी को नेता  बारे डाक्टर साहेबलाई थाहा छैन भने कसलाई थाहा हुन्छ ?

जियोलोगिकल टाइगर जी ले भने जस्तै अतिबाद साझामा हावी भएको छ । माओवादी को ज्यादाती र गल्ती बारे बोल्दा , मण्डले कहलिने त्यो पनि ठीक हैन । माओवादी को बिरोध नगर्ने जम्मै आतंकारी हुने , त्यो नि पाच्य भएन । डाक्टर साहेब सँग असहमत हुँदैमा बिदेश्मा कालो झन्डा देखाउने उपबुज्रुक हरु प्रति पनि सहमत् हुन सक्दिन । माओवादी नै भए नि बारभ मेरो देश को प्रधान मन्त्री हुनु हुन्छ । देशको झगडा , बिदेशमा तमाशा । यो पनि ठीक भएन । तर यहाँ भन्नै पर्छ यो कालो झन्डा को कथा धेरै पहिला देखि को हो। शायद परम्परा निभाए का हुन कि । नेपालीहरु देशमा भन्दा बिदेशमा परम्परा को जगेर्ना गर्न तत्पर हुन्छन रे ।
 

Last edited: 12-Oct-11 03:12 PM
Read Full Discussion Thread for this article