Posted by: Rahuldai October 12, 2011
साझा बारे साझा सवाल
Login in to Rate this Post:     4       ?         Liked by

साझा बारे साझा सवाल

धेरै दिन देखी केही मित्रहरुको सन्देश सम्प्रेषणलाई झन्डा देखाइ वा अन्य तरिका बन्द गर्ने गराउने काम भएको छ ।  बिचार को स्वतन्त्रता माथि अंकुश लगाउने कार्य भएको बारेका धागो हरु देख्दै छु पढ्दै छु । साझाका संचालक- हाकिम सान दाई माथि बैचारिक बिचलन र पलायन भएको समेत आरोप- प्रत्यारोप देखियो । मित्रहरु, आज यो धागोमा मैले महशुश गरेको केही कुरा लेख्ने जमर्को गर्दैछु ।

२००५ देखी साझाको नियमित पाठक र २००६ देखी सकृय सहभागि हुँदै आएकोछु । साझाका अगुवा, वटुवा र हगुवा हरुको मौसमी परिवर्तनहरुको साक्षी छु। राजा ज्ञानेद्रका भक्तहरु देखि लिएर माओका मसिहाहरुले मेरो राजनैतिक् धारलाई पटक पटक प्रहार गरेकै थिए । केही स्वयं घोषित साझाका विद्वानहरु ले मेरा हरबिचार लाई अचार् बनाए । तै पनि साझा छोडिन र छोड्ने छैन पनि । साझा सबै को साझा हो , अझै मलाई विश्वाश छ । जब सम्म यो विश्वाश माथि भरोसा गर्न सकिन्छ तब सम्म साझा को नियमित सद्स्य हुने नै छु ।

हो अचेल एक झुण्ड टाउकाहरु बाबुरा को बिरोध सहन सकिराख्या छैन ।  माओबादी र डा भट्टराईको खिलाफमा एक शब्द पनि सुन्न तयार छैन। तिनै झुण्ड मुण्डहरुले कालो झन्डा देखाउने काम साझा भित्र गरेको छ सन्देश मेटाउने काम भएको छ । कहीं यो नितान्त माओबाद लाद्ने    योजनाबद्ध थालनि त हैन ??

आज सम्म बिचार  माथि सान दाई ले अंकुश  लगाएको मलाई थाहा छैन। सान दाई को साझा प्रति को निस्पक्षता माथि शंका छैन । तर कतै ती झन्डाधारी मान्छेहरु दन्डाधारी नै हुन कि ?? सान दाई ले यता तिर ध्यान दिनु भएको छ कि छैन ? आशा छ कथित एउटा बिचार  ले साझा न छोपियोस, साझा मा सबै बिचारहरुले निर्भिक बिचरण गर्न पाउन । साझा सबै को साझा होस् ।

अस्तु !! 
  

Read Full Discussion Thread for this article