Posted by: kanchu! October 12, 2011
Dr.Bhattarai's actions -see again.
Login in to Rate this Post:     2       ?         Liked by
He started with the sugar coated rhetoric, soon after that, he appointed his cadre in the post of attorney general, announced there will be amnesty to all criminals who have political memberships and so on..people were very excited about his crowd pulling populist stunts but when it comes to reality- here comes the real of him.

now folks, if you supported SP Kharel and you are big far of Dr. Bhattrai, he is the opportunity for you to retract what you said in favor of SP Kharel. Who you favor this time, Kharel or Dr. Bhattrai??? Now, last thing I want to hear from you is that public prosecutor comes under the jurisdiction of the court, not the government-yeah yeah we all know but who can influence where that too we all know.

Well, here is the story-criminal boss gets away with the murder and poor PA is locked is not that amazing? This is bound to happen where a bunch of criminals runs the country.



सरकारी वकिलद्वारा मन्त्री साहलाई 'उन्मुक्ति'

स्वकियसचिवलाई सर्वस्वसहित जन्मकैद माग-

उपेन्द्र लामिछाने, वीरगन्ज, असोज २५ - काशी तिवारी हत्या प्रकरणमा 'प्रमाण अपुग' भन्दै सरकारी वकिलको कार्यलयले भुमिसुधार मन्त्री प्रभु साहलाई 'उन्मुक्ति' दिँदै मुद्दा दायर गरेन। सोही प्रकरणमा उनका स्वकिय सचिवसहित अन्य ४ माथि बुधबार अभियोग पत्र दायर गरिएको छ।

सरकारी वकिलको कार्यलयले अनुसन्धानको क्रममा मन्त्री साह संलग्न रहेका प्रष्ट प्रमाण देखा नपरेको भन्दै उनलाई उन्मुक्ति दिएको हो । 'अहिलेसम्मको प्रमाणको आधारमा मन्त्री साहको संलग्नता रहेको प्रष्ट प्रमाण नभेटिएकाले हाललाई उनी माथी अभियोग पत्र दर्ता गरिएन', जिल्ला सह-न्यायधिवक्ता सत्यनारायण यादवले भने-'प्रमाण भेटिए उनी माथी पुन मुद्दा दर्ता हुन सक्छ।'

पर्सा प्रहरीले साहलाई तिवारी हत्याको योजनाकार भएको दावीगर्दे ज्यान महलको १६ नंबर दफा अनुसरा १५ वर्षको जेल सजायको माग गरेको छ।

मन्त्री साहका स्वकिय सचिव सियाराम कुशवाहलाई तिवारी माथी गोली चलाएको आरोपमा मुलुकी ऐन अनुसार ज्यान महलको १३-१ अर्न्तगत सर्वस्वसहित जन्मकैदको माग गरेको छ। माओवादी भोजपुरा सचिवालय सदस्य समेत रहेका २८ वर्षीय कुशवाह रौतहट हथियायी-५ जमुनिया टोलका हुन्। अमन कुशवालाई १० वर्ष कैद साजय माग गरिएको छ। अमनलाई भदौ २१ गते प्रहरीले पक्राउ गरेको थियो।

अपराधमा सहयोग गरेको आरोप लगाउदै वीरगन्ज-१२ बस्ने २५ बर्षिय मुकेश सर्राफ र पर्सा भेडियारी-८ बस्ने बलिराम साहलाई दफा १७-३ अर्न्तगत बढीमा ३ वर्षसम्मको जेल सजाय माग गरेको छ। वलिराम संविधान सभा निर्वाचनमा पर्सा क्षेत्रनंबर ४ का माओवादी उम्मेदवार थिए।

मृतक तिवारी पत्नी ववितादेवीले किटानी जाहेरी दिएका मन्त्री साह बाहेक अन्य ३ जनालाई पनि प्रयाप्त प्रमाण नपुगेको भन्दै सरकारी वकिलको कार्यलयले अभयोग पत्र दर्ता गरेन ।

http://nagariknews.com/politics/party-politics/32102-2011-10-12-12-52-49.html
Read Full Discussion Thread for this article