Posted by: _____ October 11, 2011
दशहजार मधेसीलाई नेपाली सेनामा भर्ना लिनु कति सान्धर्विक छ ?
Login in to Rate this Post:     0       ?        
 नालापानी जी,

मापदण्ड नपुरैकाना भनेको छैन, एकै पटक १०,००० पनि भनेको छैन, कुनै एउटा जात लाई मात्र भर्ना गर्नु पर्यो भनेको पनि छैन.पूर्व मेची देखि पश्चिम महाकाली सम्म का  मधेसी हरुमा, ब्राम्हण  पनि पर्चन, छेत्री (राजपुत)) पनि पर्छन, यादब, मण्डल सबै पर्छन होइन र तेसकारण यो कुनै विवाद को बिसाए नै होइन

तपैले जातिगत संख्या को साझा मा तासी दिन भो धन्यवाद. यो टेबल २००८ (सायेद पुष/माघ तिरको होला) को कान्तिपुर मा पनि छापिएको थियो. यो टेबल अनुसार मधेसी ले उठाको प्रस्न जयेज नै देखिन्छ होइन र ? सर्सर्ती हेर्दा यो टेबल अनुसार मधेसको जम्मा प्रतिनिधित्वो ५.९५ देखिन्छ जबकी मधेसी हरु को जनसंख्या लगभग ४७% होला २००१ मा   (थारु/चौधरी/राजबंसी ४.७६ +हजम/थकुर०.७७ +तेली/यादव/रज्पुत०.२८ + दुसत/पासवान/दोम०.१३ +मुस्लिम०.०१)

तर यो टेबल लै मात्र आधार मान्न सकिदैन किन भने यो टेबल ले तराई को बाहुन लै बाहुन मा राख्या  छ होला तेस्तै राजपुत लै छेत्री मा राख्या छ होला. तेसकारण खास  संखय को लागि छेत्रगत प्रतिनिधित्वो को संख्या पनि जरुरत पर्छ, जातिगत प्रतिनिधित्वो को बारेमा प्रस्न उठाउने हरुको लागि यो एक राम्रो सामग्री हो.

Arko kura. .army ma ta jatiya bhedbhav thiyo re...so what in Nijamati?....

१., मधेसी ले खोजेको छेत्रगत हो जातिये होइन मित्र,

२.निजमाती मा पनि जातिये र छेत्रगत प्रस्न नउठेको होइन र सरकार ले कुनै कदम नचालेको  होइन विभिन्न वर्ग लाई  प्रतिसत को हिसाब ले भर्ना सुरु गरेको जस्तो लाग्छ तर संघियेता मा गएपछि  निजामती सेवा को स्वोरुप कस्तो हुने टुंगो नलागेको ले (सेना चाही रास्त्रिये सेना मात्रै हुने तर निजामती चाही छेत्रिये पनि हुने हुनाले संघियेता मा गएपछि त्यो कसरि समाधान गर्नी भनेर समिति नै गठन गरेको छ सरकार ले). निजामती मा सरकार ले आरक्षण गरेको छ. पत्राप्त्रिका पदने गर्नुस मित्र यो लगभग ३ वर्ष अगाडी को कुरा हो.

ani dharke bro le feri sugauli treaty ko kura nikali halnu bhaechha....

तपाइले यो कुरा उठाउदा मलाई हास उठ्यो किन भन्नु होला भने येस्बरेमा मैले यो भन्दा पहिला को जबाफ  मै लेखि सकेको थिए तर जबाफ धेरै लामो  भएर छोटो बनाएर पोस्ट गरेको र तपैले यो कुरा उठाउन हुन्छ होला जस्तो लागेको थ्यो मलाई. तेती मात्र होइन तेस्मा तपैको निक्क नाम को बारेमा पनि लेखेको थिए. तेही कट  गरेको जबाफ यहाँ लेख्दै छु अली थप घट गरेर

हामि नेपाली कस्तो छौ भने हाम्रो बहादुरी को कुरा अरु ले लेखिदिनु पर्छ र अरुले लेखेको कुरा हामि बिना प्रस्न स्विकार गर्छौ. १८१४-१८१६ यो युध्ह ४ ठाम मा भएको थियो २ ठाम मा नेपाल हार्यो आनी २ ठाम मा नेपाल जित्यो. तर कस्तो अचम्म छ  भने अंग्रेज ले जहाँ जहाँ हामीलाई हराए त्यहा त्यहा का  सेनापतिको बहादुरी को बारेमा प्रसस्त लेखेको छन् तर जहाँ हामीले अंग्रेज लाई हराएउ त्यहा का  सेना र सेना पतिको बहादुरी को बारेमा तेती लेखिएको पैदैना

हार्ने हरु को बहादुरी देख्ने अंग्रेज ले जित्ने हरुको बहादुरी किन देख्न सकेनन? के भाको त्यो. अनी हामी हाम्रो पाठ्यपुस्तक मा, इतिहासका  किताब हरुमा आफुले हारेको युध्ह र हार्ने  सेनापति हरुकै बारेमा प्रसस्त पढ्छौ तर किन जितेको युध्ह र जित्ने सेनापति को बारेमा  पाठ्यपुस्तक मा धेरै लेखिदैन

हारेको युध्ह ले हाम्रो बहादुरी देखाउछ र? जितेको यौध्हा ले पो देखाउछ होइन र नालापानी, किल्ला कांगडा सबै लाइ कण्ठ छ. Major-General Marley जो ८००० सैन्य छोडेर भाग्यो त्यहाँ गोर्खाली ले कति बहादुरी का साथ लडेका थिए होलान आफै विचार गर्नुस तेस्तै Major-General George Wood जो गोर्खाली को आक्रमण बाट डराएर गोरखपुर भाग्यो त्यहाँ गोर्खाली ले कति बहादुरी क साथ लडेका थिए होलान आफै विचार गर्नुस.

किन भने अंग्रेज ले आफुले जितेका युध्ह को बखान गर्नु थ्यो, आफुले जितेका युध्ह का बिपछी लै पनि बहादुर भनेपछि आफु पनि बहादुर हुने भै हालियो. तेस्तो बहादुर लै हराउन सक्न हामी कस्तो बहादुर भनेर होइन त ?

तर अंग्रेज ले आफुले हारेका  युध्ह का  बिपक्छी योध्हा हरु को बहदुरिपनको चाही  खासै बर्णन  गरेको पाइदैन

तेस्को बर्नान गर्दा अफ्नो नमर्दिपन देखिने भयो नि होइन त ?

अनी हामी नेपाली पनि के कम, अंग्रेज ले लेखेको कुरा लै सोच विचार नगरिकन झ्याम्म समर्थन गरिदियो. अब तेस्तो गरेपछि हाम्रो बुध्ही देखिएला त ?

एउटा साधारण कुरा नि, हार्ने  हरुको बखान गरेर हामीले Major-General Marley ( यहाँ रण बिर सिंह थापा को नेतृत्त मा कप्तान सर्बजु राना र सम्शेर राना ले अंग्रेज माथि आक्रमण गरेका थिए) Major-General George Wood  भगाउन  सक्ने (उजिर सिंह को नेतृत्त मा गोर्खाली ले लडेका थिए) हाम्रा सेनापति र सिपाहीको बेइज्जत गरेनौ त ?

हुन त म इतिहास को विद्यार्थी होइन र मैले समाज सशस्त्र पढेको पनि होइन तर पनि के देखिन्छ भने अंग्रेज ले भारतीये राजा हरुलाई हराउनु भन्दा पहिला त्यहाँ को राज्य लै कम्जोर पर्ने गरेका थिए उनीहरु लै एक आपस मा भिदायेरा, भारदार भारदार बिच मनमुटाब गराएर कम्जोर गराउने गरेको पाइन्छ. नेपाल मा तिनीहरु तेसो गर्न सफल त भयेनान तर दामोदर पाण्डे र उनको समूह अंग्रेज प्रति आली सहानुभूति र लादै गर्न हुन्न भन्ने मा पर्ह्त्यो

त्यो general David Ochterlony खास मा   mercenary ho, regular British army को  officer होइन. तेही संग हो नेपाली ले युध्ह मा हारेको तेस्ले अनकौ बुध्ही/जुक्ति उपाए गरेर नेपाली लै हरायो अनी आफु संग हारेका  नेपाली लाई वाह क्या बहादुर नेपाली रेछन भनेर प्रसंसा गर्यो  

पछी त्यो मकवानपुर मा युध्ह गर्न आउदा  नेपाली सेनापति (रण जोर सिंह ले) ले हरिहरपुर को पोस्ट नै छाडेर भागेका  थिए.

नेपाली सेनामा भक्ति थापा जस्तो बिर पनि पाइन्छन भने अमर सिंह थापा जस्ता योध्हा जो  David Ochterlony  को फकाई फुलाई मा लागेर  छोरा सहित युध्ह बिच मा छोडेर जाने हरु पनि पाइन्छन आखिर David Ochterlony लाई अमर सिंह थापा ले रोक्न सकेको भए त्यो युध्ह मा नेपाल ले जित्न सक्ने थियो. एउटा अंग्रेजी mercenary ले छल गरेर बल ले होइन बुध्ही ले  नेपाली लै हराई दियो. अनी हामि हरु पनि जहाँ जहाँ त्यो David Ochterlony  ले नेपाली लै हराको  थ्यो तेही तेही का  सेना र सेनापति बहादुरी को धेरै प्रसंसा गर्छौ

Pandit guru Gajaraj Mishra ra Chandra sekhar upadhyaya .....  

एस्मा मलाई पनि तिनी हरुको कम्जोरी  मात्र नभई तिनी हरु लाई अंग्रेज ले किनेको जस्तो लाग्छ. देख्नु भो त बिकाउ मान्छे सबै जात, धर्म, वर्ग मा हुन्चन भनेर भनेको होइन मैले.

तर एस्मा अर्को पक्छ्य पनि छ कुन छे सत्य हो कसरि थाहा पौने हो मलाई थाहा छैन

अर्को पक्च्या को अनुसार तपैले भने जसतै  छ. ल सुन्नुस

नेपाल युध्ह मा हारेको थ्यो अंग्रेजी सेना मकवानपुर सम्म आइपुगेका थिए र काठमाडौँ आक्रमण को लागि तयारी गर्दै थिए. नेपाल सरकार ले राजा र प्रसासनिक सयन्त्र नुवाकोट सारी सकेको थ्यो (काठमाडौँ गुमे पनि नुवाकोट बाट अकर्मण गर्न को लागि) देश मा पैसा थिएन (२ वर्ष सम्म को युध्ह मा राज्य को ढुकुटी  खालि भै सकेको थ्यो.)

त्यो भन्दा अगाडी को युध्ह मा नेपाल संग अंग्रेज हारेको थ्यो तर तेसबेला इउरोप मा नेपोलियन बोनापार्ट संग अप्रताक्च्या युध्ह गरिरहेको थ्यो ब्रिटिश र प्रत्यछ्य युध्ह को तयारी गर्दै थ्यो. ११ अप्रिल १८१४ मा नेपोलियन लै exile गरेपछी  अंग्रेज ले अफ्नो ध्यान एशिया  महादेश तिर दियो फल्स्वोरूप November  १८१४ मा गोर्खा अंग्रेज युध्ह सुरु भयो. यो युध्ह अंग्रेज को ताकत को अनुमान नगरिकन सुरु गरियको थियो. युध्ह मा नेपाल ले हार्यो. अंग्रेज जस्तो धुर्त ले हार्ने को मनोविज्ञानको अनुमान लगाई  हाले होलान. काठमाडौँ लाई  घेरा बन्दि गरेर राखेका थिए, तेसबेला के negotiation गर्नी ? सन्धि नगरुम फेरी युध्ह होला भन्ने डर र त्यो युध्ह मा काठमाडौँ पनि गुम्ला भन्ने डर, गरम अंग्रेज को माग नमानि सुख्है छैन. सन्धि गरेर फर्के पछि भारदार हरुले अफ्नो कमजोरी लुकाउन बार्ता गर्न गएका लाई  लगाए दोष, त्यो पनि किन भने उनीहरु को तराई को बिर्ता गुमेकोले

त्यो संधि मा तराईको अफ्नो बिर्ता गुमेकोले भारदार हरुले बिरोध जनाए तेस्लाई सामसुम पार्न अंग्रेजले  २,००,००० रुपिया दिएको छ त्यो बेला भारदार हरु laai dina  भनेर. तेस्पची भारदार हरु बाट त्यो सन्धि को बिरोध भएन

यो चाही  बार्ता गर्न जानेहरु को तर्फ को कुरा

तर सन्धि गरेपछि सन्धि गर्न जाने हरु पछी भारत पट्टि नै बसे. आरोप लगाउने हरु भन्छन अंग्रज ले किने तिनी हरु लै धन र जमिन दिएर

उनीहरु को पछ्या भन्छ

बार्ता मा भारदार हरु को बिर्ता को रक्च्या नगरिदिएकोले भारदार हरु बाट मारिने डर थ्यो तेसैले उता पट्टि सरेको.

अब कुन पछ्या सत्य हो अनुसन्धान ले बताउछ

तर त्यहाँ नेपाली ले अफ्नो बुध्ही को प्रयोग गरे जस्तो छ सन्धि भो, सन्धि भएपछि नेपालका  राजा ले पनि तेसमा लालमोहर लगाउन पर्ने तर नेपाल का  राजा ले तेसमा लालमोहर लगाएका छैनाँ. सुगौली सन्धि नेपाल बाट ratified भाको छैन.तर फेरी अर्को कुरा अंग्रेज ले त्यो सन्धि लागु गरि हाल्यो हामीले  ratify गरेपनि के नगरेपनि के .

BETRAWATI WAR....

खोइ अब तपाई यो लडाई को कुरा गर्नु हुन्छ के भनम म, बेत्रावती लडाई त नेपाल ले जिते को हो तर त्यो बेला को युध्ह चाही नेपाल ले हारेको हो किन भन्नु होला भने बेत्रबती सन्धि मा ( लडाई  र युध्ह मा फरक आफै छुत्त्यौनुस, battle war मा फरक भए जस्तै)  बेत्रबती सन्धि मा नेपाल ले चिनी बादशाह लाई  प्रतेक ५ वर्षा मा सौगात उपहार अफ्नो देश मा उत्पादन, निर्माण गरिएका कुरा हरुको कोशेली प्थुना पर्ने भयो. नेपाल ले सन्धि हुने बित्तिकै १७९२ मा पहिलो सौगात पठायो  भने दोस्रो सौगात १७९७ मा पठाउन पर्ने भएता पानि चीनमा राजा फेरिने  हुनाले उसले नया राजा को स्वागत को लागि १७९५ मै पठा  भन्यो, नेपाल ले तेसै गर्यो १७९५ मा नेपाली प्रतिनिधि मण्डल पठाउदा ३९२२० रुपिया लागेको थ्यो. अब बिदेसी राजा लै ५/५ वर्ष मा सौगात पठाउन पर्ने सन्धि गर्दा पनि त्यो जितेको हुन्छ र? बरु तेस्पची को १८५४ को नेपाल तिब्बत युध्ह को अन्त्य मा भएको थापाथली सन्धि मा नेपाल लै बढी  सुबिधा मिलेको छ

YAHA KASAILE PURKHA KO NAAM BECHEKO CHAINA ..

नबेचेको भए राम्रो, मेरो भन्नु केहि छैन तर जहिले पनि पुर्खा को बखान गर्दा कहिले कहिँ तेस्तै सोचिन्छ के 

Last edited: 11-Oct-11 04:42 PM
Read Full Discussion Thread for this article