Posted by: instagram October 11, 2011
I cant hate this Man !
Login in to Rate this Post:     0       ?        
के हो माओवादी , के हो कांग्रेस । के को आतंकबाद अनी के को समाजवाद । म एउटा साधारण नेपाली हुँ , जो हरेक सरकार , हरेक नेता सँग देस को बिकास को आस गर्छ , हरेक मिठा मिठा भाषान मा भुल्छ । म त्यो नेपाली जनता हुँ जस्लाई नेपाल सिङापुर हैन साधारण नेपाल भएको हेर्न मन छ । म त्यो नेपाली जनता जो हरेक आन्दोलन मा केइ हुन्छ कि भनेर कैले कस्को कैले कस्को झन्डा समतेर हिद्द्छ । मलाई आन्तन्करी भन्ने हरु गएर आफ्नो आत्मा लाई सोध ,गल्ती मेरो हो कि मलाई सपना देखाउने ति नेता हरु जो ।
०७ साल मा प्रजातन्त्र आउँदा केइ होला कि भनेर म लदेको थे , १७ साल मा राजा ले शासन लिदा अब चै केइ होला कि भनेर ३० बर्ष सएको थिए , ४७ मा बहुदल को लागि झन्डा उथौने पनि मै थिए अनी ५९ मा राजा ले कु गर्दा दरबार मार्ग मा बत्ती बाल्ने नि मै थिए, १९ दिन को आन्दोलन मा गएर थापाथली मा गोली खाने पनि मै थिए । म नेपाली जनता हुँ । जो हरेक पटक छलिने गर्छ , अैले बाबुराम ले आयो मिठो सपना देखायो म उस्को जय जय कार मा लागे मैले के गल्ती गरे ?
मलाई तिमी हरु को जस्तो लम्बा चोउदा भाषान फलाक्न आउँदैन , एउता कुरा लाई ३ तिर बाट हेरेर ४ तिर बाट व्याख्या गर्न पनि म जन्दिन । म नेपाली जनता हुँ । मलाई जस्ले मिठो सपना बाद्छ म तेस्को जय जय कार गर्छु । किन कसरी मलाई सोच्नु छैन , मलाई शान्ता सँग नेपाल मा गएर बाँच्न छ , तिमी हरु ले जस्तो ११ बर्ष भो म आको भन्दै सान दिएर यहाँ मर्न छैन , न त मलाई तिमी हरु को जस्तो वैयात साझा राजनीति गरेर यहाँ हिरो हुन मन छ । मैले जे देखी , जे मन मा लाग्यो तेइ लेखे ।
सान दाई को कुर छोड् मेरो बेलिबिस्तार लगेर FBI मा बुजये पनि मलाई माओवादी त के एउता कुनै पार्टी को सदस्य देखौन सक्दैनौ , रख्छौ बाजी !
तिमी हरु लाई अर्को को बाउ आमा सरापेर , अरु लाई तथानम गाली गरेर , कसै को नाङो तस्बिर रखेर थ्रेड खोलेको भये म अमेरिकन हुन्थे , सोसियल अनी सभ्य हुन्थे ! तर मलाई झुटै  भये पनि एउत आशा को त्यान्द्रो देखौने मान्छे को नाम मा थ्रेड खोल्द म आतंक कारी भये !
एदी नेपाली हुनु आतंकबाद हो भने हो म आतंककारी !  एदी बाबुराम बाट केइ आस गर्नु आतंकबाद हो भने हो म आतंकबादी !
अनी के रे , तिमी हरु जस्तो पर्दा पछाडि लुकेर ,आफ्नो असली पहिचान सहित लुकाएर यहाँ आएर राजनीति को बिशेषग्य भन्ने खोक्रा नाम हरु लाई बिरोध गर्न पैसा दिएर मान्छे खटाउने रे ! तिमी हरु ले आफ्नो इज्जत बदाको कि अरु को घाटा को ?
तिमी हरु अरु ले भनेको सुन्दैनौ मलाई थाहा छ, भालु लाई पुराण सुनाउनु र साझा मा आएर कसैलाई केइ भन्नु उस्तै उस्तै हो , जे भन्न मन लाग्छ भन तिमी हरु ले भनेर मेरो झ्याउ पनि हल्लिदैन ।
जय नेपाल
Read Full Discussion Thread for this article